अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

युवराज चौलागाईको ‘मनको सुन्दर फुलबारीमा‘ प्रविण र अनुको रोमान्स (भिडियो)

बिआरटीनेपाल २०७४ माघ २४ गते ०:०३ मा प्रकाशित
गायक युवराज चौलागाईको स्वरको नयाँ गीत ‘मनको सुन्दर फुलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । विपिन किरणको शब्द तथा लक्ष्मण श्रेष्ठको संगीतको सो  गीत आधुनिक शैलीको छ ।
विन्ध्यावासिनी म्युजिक प्रा.लीद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् । अजय रेग्मीद्वारा छायांकन गरिएको भिडियोमा मायामा भएको  विचलनलाई चित्रण गरिएको छ । गीतको एरेन्ज सचिन सिंहले गरेका हुन ।
म्युजिक भिडियोमा अनु शाह , प्रविन ठकुरी  र दिपक श्रेष्ठले अभिनय गरेका छन् । मायाको फुलबारी भिडियोको सम्पादन सुजन शाहीले गरेका हुन् ।

प्रतिक्रिया