अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 22:23

भिम ज्वलन्त र मुना थापा मगरको गीत ‘मन्दिर भाकी’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ माघ २३ गते २३:५४ मा प्रकाशित
लोकदोहोरी गायक भिम ज्वलन्त योगी र मुना थापाको सुमधुर आवाजमा केएस आर म्युजिक मार्फत “मन्दिर भाकि फुल चढाउछु” गीत बजारमा ल्याएका छन् ।यस गीतमा छोटो समयमा चर्चाको शिखरमा पुगेका गायक भिम र मुनाको प्रेम सम्वादलाई यथार्थ रुपमा समेटने प्रयास गरिएको छ ।
अहिलेको समयमा स्वार्थगत माया लगाउंदै जस्लाई भेट्यो म तिम्रै हुँ भन्ने युवा जमात धेरै देखिन्छ, तर जिवनमा साथ र सहयोग गर्ने बाचा गरिएपनि रुहाउने मानिसको जमात अत्याधिक नै रहेको छ ।
गीतको अडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको हो भने भिडियोलाई के एस आर म्युजिकले बजारमा ल्याएको छ ।  भिडियोमा भुवन मगर र जमुन सुनवारको  अभिनय रहेको छ । भिडियोलाई प्रकाश बस्नेतले निर्देशन गरेका हुन् भने छायांकन र सम्पादन निरज भुसालले गरेका छन् ।

प्रतिक्रिया