अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५० | Colorodo: 19:05

‘प्रेम दिवस’मा गीता खत्रीको सन्देश – ‘मायामा शंका हुन्छ स्वार्थ हुँदैन’ (लघु चलचित्र)

बिआरटीनेपाल २०७४ माघ २३ गते ४:१० मा प्रकाशित

पछिल्लो समयमा नेपालीबीचमा पनि भ्यालेन्टान डेले आफ्नो बर्चश्व कायम गर्न थालेको छ । यो प्रेम दिवसका अवसरमा यसैलाई लक्षित गरेर विभिन्न गीत सङ्गीत तथा यस सम्बन्धि चलचित्र, लघु चलचित्र आउन थालेका छन् । यस्तैमा साहित्यकार गीता खत्रीको कथामा लघु चलचित्र ‘प्रेम दिवस’ सार्वजनिक भएको छ ।

नेपाली साहित्य फाँटमा थुप्रै रचनाहरु पाठकमाझ ल्याएकी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)की पूर्व अध्यक्ष गीताले प्रेम दिवसको पूर्व सन्ध्यामा लघु चलचित्र ‘प्रेम दिवस’ ल्याएकी हुन् ।

भकारी एमडिसीको प्रस्तुति रहेको ‘प्रेम दिवस’मा श्याम घिमिरे, नम्रता योगी, निशा पाख्रिन, जे. एन. घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ । संजय पाण्डेको निर्देशनमा तयार भएको ‘प्रेम दिवस’लाई राजेन्द्र पाण्डेले छायाँकन र सम्पादन गरेका हुन् ।

‘मायामा शंका हुन्छ स्वार्थ हुँदैन’ भन्ने प्रेमभावलाई समेटिएको यो लघु चलचित्र ‘प्रेम दिवस’मा राजु सिंहको सङ्गीत र स्वरुपराज आचार्यको स्वर रहेको छ । ‘यसलाई पछि फिचर चलचित्रकै रुपमा विकसित गर्ने सोच बनाएका छौ’, भकारी एमडीसीका सञ्चालक बसन्त वित्यासी थापाले भने ।

प्रतिक्रिया