अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

शान्तिको महत्वविश्व सांस्कृतिक शान्ति पदयात्रा गरिने

बिआरटीनेपाल २०७४ माघ २२ गते २३:४६ मा प्रकाशित

चारुमती बुद्धिष्ट मिसन नेपालले अभयदानको संस्मरण र शान्तिको महत्वकाबारे योगदान गर्ने उद्देश्यले काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म विश्व सांस्कृतिक शान्ति पदयात्रा गर्ने भएको छ ।

आगामी वैशाख १ गते हुने उक्त यात्रामा विभिन्न धार्मिक आस्थाका धर्मावलम्बीलाई एकिकृत गरी आत्मिक एवं भौतिक शान्ति प्रदान गर्ने लक्ष्य राखिएको छ ।

बौद्ध धर्मका तीन यानका विशिष्ट गुरुबाट प्रार्थना तथा आशीर्वादपछि बाजागाजाका साथ शुरु गरिने यात्रामा करिब दुई हजार ५०० सहभागी हुने आयोजक संस्थाका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो ।

पनौती बजारबाट शुरु हुने यात्रा सुन्थान, इटे, शंखु, शंखेश्वरी हुँदै नमोबुद्धमा पुगेर समापन गरिनेछ । वैशाख २ गते चारुमती बुद्ध विहारमा दीपप्रज्वलन गरी कार्यक्रमको अन्त्य गरिनेछ । उक्त यात्राको प्रचारप्रसारका लागि लेख, रचना प्रकाशन, अन्तक्र्रियालगायतका कार्यक्रम देश विदेशमा समेत भइरहेको जनाइएको छ ।

विभिन्न बौद्ध राष्ट्रका प्रतिनिधिसमेत उक्त यात्रामा सहभागी हुने बताइएको छ ।  (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू