अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४५ | Colorodo: 11:00

राजधानीमा ‘मिस नेपाल पिस’को अडिसन सुरु

बिआरटीनेपाल २०७४ माघ २२ गते ४:५० मा प्रकाशित

सौन्दर्य प्रतियोगीता ‘मिस नेपाल पिस २०७४’को प्रारम्भिक अडिसन सुरु भएको छ । राजधानीको पुतलिसडक स्थित युनिक्याम्प ग्लोबल इलजुकेसन कन्सल्टेन्सीमा आइतबार आयोजित प्रारम्भिक अडिसनमा नर्स तथा नर्सिङ कलेजमा अध्यायनरत ७० युवतीको सहभागीता रहेको थियो ।

अडिसन अझ दुइ साता सम्म चल्नेछ । अन्तिम अडिसनपछि मात्र छानिएका प्रतियोगी सार्वजनिक गर्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।

अस्मी श्रेष्ठ (मिस नेपाल २०१६), रोजीन शाक्य (कोरियोग्राफर), डा. सुजिता हिराचन्द, सनम थापा मगर (मिस नेपाल पिस २०७३), डा. लोचन कार्की लगायत प्रारम्भिक चरणको अडिसनमा निर्णायक रहेका थिए ।

‘मिस नेपाल पिस’ शान्तीको सन्देश फैल्याउने प्रतिबद्धताबोकेको मिस नर्सको परिमार्जित प्रतियोगीता हो । प्रतियोगीताको विजेताले ‘मिस वल्र्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छन् ।

‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा उठाएको यो स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौदर्य प्रतियोगिता हो । जसको आवेदन केही अगाडि खुल्ला भएको थियो ।

नसिङ पेसा रहेका, अध्यायन गरिरहेका ब्याक्तिको ब्यक्तित्व बिकाश गरि सामाजिक काम प्रति उत्तर दाइत्व बहन गराउँने उदेश्यले प्रतियोगीता आयोजना हुँदै आएको छ ।

प्रतियोगीतामा शिर्ष सहित आधा दर्जन बिभिन्न शिर्षकका बिजेता छानिने छन् ।

प्रतिक्रिया