अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

‘शत्रु गते’को दोस्रो गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ १७ गते ७:१४ मा प्रकाशित

आउँदो चैत ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शत्रु गते’ को नयाँ गीत सार्वजनिक गरिएको छ । नायक पल शाह र नायिका आँचल शर्मा फिचरिङ ‘पिरतीको बर्को तिमीलाई’ बोलको गीतमा पल–आँचलको प्रेम झल्किन्छ ।

बुधबार राजधानीको ‘क्युज’ सिनेमा हलमा आयोजीत एक कार्यक्रमका बिच सार्वजनिक गरिएको यो गीतलाई उपस्थित चलचित्रकर्मि तथा पत्रकारहरुले निकै मन पराएका थिए । साथै दर्शकबाट राम्रो प्रतिक्रिया आउनेमा चलचित्र टिम आशावादी छ ।

काली प्रसाद बाँस्कोटाको संगीत र स्वर रहेको गीतको शब्द अर्जुन भट्टराईले लेखेका हुन् । संगीतकार तथा गायक कालीले यो गीतमा नयाँ टेस्ट दिने प्रयास गरेका छन् । पल र आँचलको केमेष्ट्री सुहाएको छ । भिडियोका कोरियोग्राफर प्रविन सिंह हुन् ।

फिल्ममा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, राजाराम पौडेल, शिवहरी पौडेल, मदनकृष्ण श्रेष्ठ, किरण केसी लगायतका कलाकारको पनि प्रमुख भूमिका छ ।  चलचित्र मह सञ्चारको प्रस्तुती र किरण केसीको निर्माणमा बनेको हो । ‘शत्रु गते’ लाई जात्रा फेम निर्देशक प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ ।

प्रतिक्रिया