अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२४ | Colorodo: 22:39

दुई सभापतिलाई एउटै मन्चमा स्वागत र बधाई !

ध्रुव भण्डारी -न्यूयोर्क  २०७४ माघ १७ गते ६:३१ मा प्रकाशित

यही जनवरी २८ तारिख आइतबारका दिन नेपाली जनसम्पर्क समितिन्यूयोर्कच्याप्टर अमेरिकाले पूर्व माननीय एवं नेपाली काँग्रेस ललितपुरका जिल्ला सभापति मदन आमात्यलाई स्वागत भेटघाट तथा छलफल कार्यक्रमसँगै पार्टी सभापतिशेरबहादुर देउवा द्दारा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापतिश्री आनन्द विष्ट, पार्टीको आमन्त्रित केन्द्रीयसदस्यमा मनोनीत हुनुभएकोमा बधाई तथा शुभकामना ज्ञापन कार्यक्रमको आयोजना सम्पन्नगरेको छ । कार्यक्रममा प्रमुख अथिति पूर्व माननीय एवं ललितपुर जिल्ला नेकाका सभापति श्री मदनआमत्यले नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति श्री आनन्द विष्ट पार्टीकोआमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत हुनु भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै, जनसम्पर्क समितिहरूको लागि आनन्द विष्टको मनोनीत एउटा गौरवको विषय भएको कुरा बताए। राजनीति व्यवसाय होइन समाजसेवा भएको कुरा राख्दै प्रमुख अथिति अमात्यले काँग्रेसका कार्यकर्ताहरू दासी होइन स्वविवेक प्रयोग गर्नसक्ने सदस्य बनिदिन सबैलाई आग्रहगरेका थिए । 

चुनावी प्रकृयाबाट आएको नेतृत्वलाई सबैले विश्वास गर्नुपर्ने कुरा राख्दै काँग्रेसमा केही सुधारको आवश्यकता भए पनि संस्थागत निर्णय सबैले मानेर नै जानुपर्ने धारणा प्रमुखअथिति आमत्यले राखेका थिए ।

विशेष अथिति पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं जनसम्पर्क समितिअमेरिकाका सभापति आनन्द विष्टले, पार्टी सभापति श्री शेरबहादुर देउवाले आफूलाई केन्द्रीय सदस्यमा मनोनीतगरेर संसारभरिका जनसम्पर्क समितिहरूलाई स्मरण गर्दै सम्मान गरेकोमा पार्टी सभापति प्रतिआभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए । 

सङ्गठनमा विमति राख्नुहुने सबैलाई अधिवेशनसम्पन्न गर्न सहयोगका लागि आह्वान गर्दै, संस्थाको विधि, विधान र लोकतान्त्रिक मूल्य रमान्यतालाई सबैले पालना गरिदिनहुन विष्टले आग्रह गरेका थिए ।

विविध अफ्ठ्यारा रचुनौतिका बावजूद शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्नगरेकोमा सम्माननीय प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई बधाई तथा धन्यवाद व्यक्त गर्दै, आफूलाई बधाई दिनुहुनेसबैप्रति विष्टले आभार प्रकट गरेका थिए ।

विशेष अथिति न्यूयोर्कका नेपाली महावाणिज्यदूत मधु मरासिनी र अथिति नेपाली जनसम्पर्कसमिति अमेरिकाका पूर्व सम्योजक कानूनविद खगेन्द्र जिसीले प्रवासमा बसेर पनि देश र आफ्नोपार्टीका निमित्त काम गरेको हुनाले आनन्द विष्ट पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमामनोनित भएकोमा खुसी व्यक्त गर्दै बधाई ज्ञापन गरेका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले काँग्रेसले पटक पटक आफुहारेर भए पनि देश र जनतालाई जिताएको कुरा स्मरण गराएका थिए ।

निर्वाचनमा नराम्रो हारव्यहोरेको काँग्रेस पार्टीको जीवनमा विभिन्न कोणबाट निर्मम प्रहार हुन थालेकाले अप्रिय विवाद, असन्तुष्टी, मतभेदलाई भुलेर यो वेलामा सबै काँग्रेसीहरू एक ढिक्का भएर मजबूद र नवीन काँग्रेस बनाउँनमा लाग्नुपर्ने धारणा नेम्बाङले राखेका थिए ।

एक छुट्टै प्रसङ्गमा अब चाँडै जनसम्पर्क समिति अमेरिकाको च्याप्टर र केन्द्रको अधिवेशन हुने भएकोले सबैसाथिहरूलाईएक ठाउँमा आएर जुटिँदिन आग्रह गर्दै, व्यक्तिलाई होइन सङ्गठनलाई बढी माया गरिदिनहुन महासचिव नेम्बाङले सबैलाई अनुरोध गरेका थिए ।

पार्टीको आमन्त्रित केन्द्रीय सदस्यमासंगठनका सभापति मनोनीत हुनुभएकोमा नेम्बाङले बधाई तथा शुभकामना समेत व्यक्तगरेका थिए ।

अन्य शुभकामना दिनेहरूमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्य समितिका सह(महामन्त्री दीपेन्द्रराई, नेजस अमेरिकाका सल्लाहकार डा. विनोद शाह, केन्द्रीय सदस्य सुवास लामा, तामांगसोसाइटी अमेरिकाका अध्यक्ष लक्यानलामा, प्रवासी नेपाली मंन्चका पूर्व अध्यक्ष सञ्जय थापा,एनआरएन आईसिसि सदस्य द्दय बन्दना कोइराला र गोमा सेन, लंगआईल्याण्ड च्याप्टरकातर्फबाट शिव बानिया, प्रवासी नेपाली एकता समाज न्यु योर्क च्याप्टरका महासचिव नवराजखड्का, नेबि सँग अमेरिकाका संयोजक महेन्द्र शाह, साहित्य समाज अमेरिकाका गीता खत्री,संन्चार कर्मी शैलेस श्रेष्ठ, रविन बज्रचार्य, बेगम पण्डित, सुरेन्द्र सापतोटा लगायत थिए ।

ज्याक्सन हाईट न्यूयोर्कको याक रेस्टुरेन्टमा आयोजना गरिएको उक्त कार्यक्रमको समापन गर्दै, सभापति रोशन ढुंगनाले न्यु योर्क च्याप्टरले सदैव “चेन अफ कमाण्ड”लाई मान्ने गरेकाले यो कार्यक्रमको आयोजना गरेको कुरा बताएका थिए ।

भव्यताका साथसम्पन्न भएको उक्त कार्यक्रमको संन्चालक च्याप्टरका उपसभापति अमर तामाङले गरेका थिएभने उपस्थितहरूलाई स्वागत मन्तव्य च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए ।

प्रतिक्रिया