अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

एड्भेन्चर स्पोर्ट्स एक्स्पोमा नेपालको प्रभावकारी सहभागिता

बिआरटीनेपाल २०७४ माघ १६ गते १०:०१ मा प्रकाशित

पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड तथा नेपाल बायु सेवा निगमको संयोजनमा ७ वटा निजी पर्यटन व्यवसायीहरु सहित नेपालले जनवरी २७ देखि २९ सम्म भारतको नया दिल्लीमा आयोजित एड्भेन्चर स्पोर्ट्स एक्स्पो एशियामा प्रभावकारी सहभागिता जनाएको छ ।

संसारभरी रहेका एड्भेन्चर तथा इको टुरिजम क्षेत्रमा संग्लग्न सबै सरोकारवालाहरुलाइ एउटै छातामुनी भेलागरी दिगो साहसिक पर्यटनको अवधारणालाइ प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजित एक्स्पोमा नेपालबाट हिमालयन होलिडेज ट्रेक्किङ्ग, इन्सेन्टिभ होलिडेज , एड्भेन्चर आउटडोर ट्रेक्स एंड एक्स्पेडिसन् , हाइग्राउन्ड एड्भेन्चर नेपाल, हिमालयन कैलाश ट्राभल एंड टुर्स, एवेरेस्ट सम्मिट लजेज र नेपाल सेन्चुरी ट्रेक्स ७ वटा निजी पर्यटन कम्पनीहरुले सहभागिता जनाएका छन् ।

कार्यक्रममा पाटा नेपालका अध्यक्ष्य सुनिल शाक्यले ‘नेपाल, द अल्टिमेट एड्भेन्चर डेस्टिनेशन’ शिषकमा प्रस्तुति दिएका थिए । वहाँले नेपाली साहसिक खेल तथा साहसिक पर्यटनका आकर्षण तथा सम्भावनाहरुलाइ चित्रण गर्दै एड्भेन्चर प्रेमीहरुका लागि नेपाल उत्कृष्ट गन्तब्य भएको बताउंदै सबैलाई नेपाल घुम्न आमन्त्रण गर्नु भयो र दिगो एड्भेन्चर टुरिज्म विकासका लागि क्षेत्रीय तथा अन्तर्रस्ट्रिय रुपमा सबै सरोकारवालाहरु मिलेर अगाडी बढ्नुपर्ने बताउनु भयो । त्यसैगरी, नदी संरक्षण अभियान्ता मेघ आलेले नेपालमा नदी संरक्षण अभियान तथा दिगो पर्यटन विकासका लागि नदी संरक्षण को आवस्यकताबारे प्रस्तुति दिएका थिए ।

दिगो साहसिक पर्यटन बिकासमा योगदान पुरयाउने हस्तीहरुलाइ सम्मान तथा अवार्ड प्रदान कार्यक्रममा दीपक राज जोशी (नेपाल पर्यटन बोर्ड), सुनिल साक्य (पाटा नेपाल च्याप्टर), बिभुति चन्द ठाकुर (हिमालयन होलिडेज) तथा मेघ आले (नेपाल रिभर कन्जरभेसन ट्रस्ट)लाइ अवार्ड प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू