अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१३ | Colorodo: 17:28

‘योङ्गस्टार डान्स कम्पिटिसन’ अब टेलिभिजनमामा पनि हेर्न पाईने

बिआरटीनेपाल २०७४ माघ १३ गते ५:३५ मा प्रकाशित

‘योङ्गस्टार डान्स कम्पिटिसन’ आउँदो बुधबारबाट टेलिभिजनमा आउने भएको छ । नृत्य प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगीता काष्ठमण्डप टेलिभिजनमा हरेक बुधबार साँझ ७ बजेदेखी ८ बजेसम्म प्रसारण हुने शुक्रबार आयोजीत पत्रकार सम्मेलनमा बताइयो ।

सनसाइन प्रोडक्सनले आयोजना गरेको यो प्रतियोगीताको छैठौं संस्करण हो । प्रतियोगीताको उत्कृष्ट १० प्रतियोगी छनोट भइसकेको छ भने टेलिभिजनमा अडिसन राउण्डबाटै हेर्न पाइनेछ । अडिसन नेपालका बिभिन्न १२ जिल्लामा गरिएको थियो ।

अडिसनबाट बालबालिकाहरु भित्र लुकेका प्रतिभा बाहिर आएको आयोजक संस्थाकी सञ्चालिका प्रमिला तामाङले बताइन् । कार्यक्रममा बोल्दै प्रमिलाले यो प्रतियोगीतालाई बालबालिकाहरु बिच हुने नृत्य प्रतियोगीतामध्ये नेपालकै नम्बर वान बनाउने बताइन् । ‘हाम्रो टिमले प्रतियोगीतालाई राम्रो बनाउनका लागी कुनै कसुर बाँकी राखेका छैनौं । शुरुवात देखी नै धेरै मेहनत गरेका छौं ।’, प्रमिलाले भनिन् ।

त्यस्तै कार्यक्रममा निर्णायकको तर्फबाट उपस्थित भएका कृष्ण बिराजले पनि अडिसनबाटै प्रतियोगीतामा आएका बालबालिकाहरु निकै प्रतिभावान भएको बताए । ‘अडिसनको बेलामा पनि कुनै सिकाई बिना नै निकै राम्रो नृत्य गर्ने भाईबाहिनी पनि हुनुहुन्थ्यो । पछि झन सिक्दै गएपछि धेरै राम्रो गर्नुभएको छ ।’, बिराजले भने । त्यस्तै कार्यक्रममा काष्ठमण्डप टेलिभिजनको तर्फबाट उपस्थित रहेका रन्जित पौडेलले पनि कार्यक्रम निकै राम्रो बनेको र  कार्यक्रमले गर्दा पनि टेलिभिजनलाई धेरै फाइदा पुग्ने बताए । साथै कार्यक्रममा उत्कृष्ट १० मध्येका तिनप्रतियोगी धादिङकी अप्सरा परियार, काठमाडौंकी निशा खड्गी र एड्रिना राई उपस्थित थिए । उनीहरुले पनि योङ्गस्टार डान्स कम्पिटिसनमा भाग लिन पाउँदा खुसी लागेको बताएका थिए ।

‘योङ्गस्टार डान्स कम्पिटिसन’का लागी नुवाकोट, धादिङ, हेटौडा, उदयपुर, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लामा अडिसन भएको थियो  । प्रतियोगीताको निर्णायकको रुपमा कृष्ण बिराज र बिजय घिसिङ रहेका छन् । साथै अडिसनको बेलामा अभिनेता भुवन केसी, दायाहाङ राई, निश्चल बस्नेत, शुशिल क्षेत्री, नायिका प्रियंका कार्की, रिमा बिश्वकर्मा लगायतका चर्चित कलाकारहरुपनि अतिथिको रुपमा उपस्थिती थिए ।

प्रतिक्रिया