अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 22:23

नेपालको बृहद् डाटा बेस भएको ट्याक्सबारे सम्पूर्ण जानकारी दिने नयाँ अनलाइन सुरु

बिआरटीनेपाल २०७४ माघ ११ गते ३:४१ मा प्रकाशित

अनलाईनबाटै कर सम्बन्धि सेवा र आबश्यक ऐन कानूनएकै ठाँउबाट उपलब्ध गराउने उद्देश्यले NepalTaxOnline.com नामक वेवसाईट सुरु भएको छ । 

 कर सम्बन्धि विभिन्न ऐन, नियम, निर्देशिका, परिपत्र, पुर्वादेश, न्यायधिकरण तथा सर्वोच्च अदालतका कर सम्बन्धि फैसलाहरु लगायतका कर सम्बन्धि सुचना, डाटा तथा अन्यआवश्यक विवरणहरु यस अनलाइनमा उपलब्ध हुने छ । यो नेपालको एक मात्र कर सम्बन्धि बृहत डाटाबेश भएको अनलाइन हो । 

आबश्यक विवरणका अतिरिक्त नेपालका कर क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरुले करको व्यवहारीक द्धिविधाका सम्बन्धमा लेखेका विभिन्न लेखहरु समेत यस वेवसाईटमा पढ्न पाईनेछ । करदातालाई परेको समस्याको समाधानबारे अनलाईनबाटै कर विज्ञसँग सल्लाहसमेत लिन सक्नेछन् । 

अनलाईन पोर्टल केहि समय अगाडिदेखि चार्टर्ड एकाउण्टेट मुकुन्ददेव अधिकारीले सुरुआत गरेका थिए । अहिले नयाँ टिम समेत समाबेश भई डाटावेशमा व्यापक वृद्धि गरी, वेवसाईट अझ प्रयोगकर्ता मैत्री भएकाले यसलाई अझ धेरै रुचाईने र करको भरपर्दो एवं विश्वसनिय श्रोत वन्ने कम्पनीको बिश्वास छ ।

नयाँ टिमको अध्यक्षमा बद्रि गौतम रहेका छन् । गौतम लामो समय आन्तरिक राजस्व विभागको निर्देशक पदमा बसी नीतिनिर्माणलगायतका कार्यहरु गर्दै आएका थिए । 

त्यस्तै नयाँ टिममा भएका कर विज्ञहरुको नेतृत्व बरिष्ठ कर परामर्शदाता चार्टर्ड एकाउन्टेन्ट भवनाथ दाहालले गर्नेछन् । आन्तरिक राजस्व विभागबाट समेत सम्मानित दाहालले लेखेको “आयकर मुल्यअभिबृद्धि कर” किताव कर क्षेत्रमा काम गर्ने हरकोहिलाई कानूनको महत्वपुर्ण श्रोत बन्दै आईरहेको छ ।

त्यस्तै विस्तारित नयाँ टिममा, ट्याक्सपर्टका प्रमुख सल्लाहकार तथा कर विज्ञ चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहाल समेत रहेका छन् । दाहाल हाल ट्याक्सपर्ट मोवाइल एपमार्फत करदाता शिक्षा तथा साना तथा मझौला करदातालाई निःशुल्क कर सम्बन्धि सेवा, सल्लाह दिईरहेका छन् । 

त्यस्तै, टिममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याती प्राप्त कानुनी सल्लाहकार सरोजकृष्ण घिमिरे तथा लामो समयदेखि कर क्षेत्रमा कामगर्दै आईरहेका दिलिप फुयाँल समेत संलग्न छन् ।

प्रयोगकर्ताले नेपाल ट्याक्स अनलाईन वेवसाईट  NepalTaxOnline.comमा गएर दर्ता गरी आफ्नो व्यबसाय अनुकुलको सदस्यता रकम एक पटक भुक्तानी गरेपछि यसमा रहेका सुचना तथा जानकारीको अधिकतम उपयोग गरी भरपुर फाईदा लिन सक्नेछन् ।

नेपाल ट्याक्स अनलाईनकाप्रमुखकार्यकारी दिलिपफुयाँलले भन्छन् “हाम्रो टिम जुनसुकै स्तरका करदातालाई सेवादिन समर्पित भएको छ, नेपालमा करसम्बन्धिएकदमै ठुलो डाटाबेश, तथापहिलो तथाअन्तिम कर सल्लाहकारको रुपमाकार्य गर्ने भिजनलिएर विभिन्नचर्चित तथाख्यातिप्राप्तव्यक्तित्वहरु एउटै छाता अन्तर्गत आउनुभएको छ ।यो सिस्टम नेपालको कर प्रणालीको एउटाकोशेढुङगाबन्नेमाहामी कसैलाई कुनै शंका छैन ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू