अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

ग्रेटर अस्टिन नेपाली सोसाइटीको चौथो वार्षिक साधारण सभा सम्पन्न

बिआरटीनेपाल २०७४ माघ १० गते ११:३८ मा प्रकाशित

२५ सदस्यीय सामुदायिक भवन निर्माण समिति गठन

ग्रेटर अस्टिन नेपाली सोसाइटीको चौथो वार्षिक साधारण सभा गत आईतवार भब्यतापूर्वक सम्पन्न भएको छ । विद्याकी देवी सरस्वतीको पूजा आराधनाका साथ गरिएको यो भेलाले सामुदायिक भवन बनाउने कुरामा प्रतिबद्धताका साथ यसलाई मूर्त रूप दिने ठोस योजना तर्जुमा गर्न सफल भएको छ ।

ग्यान्स कार्य समितिका अध्यक्ष देवराज न्यौपानेको अध्यक्षतामा सञ्चालन गरिएको साधारण सभाको सञ्चालन कार्यसमिति सदस्य धर्मानन्द गौतमले गरेका थिए भने उपाध्यक्ष प्रदुम्न श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । साथै महासचिव सुदिप दाहालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विदुर खतिवडाले आर्थिक प्रतिवेदन पेस गरेका थिए । अग्रज व्यक्तित्व इन्जिनियर उज्वल राजभण्डारीले सामुदायिक भवन कस्तो र कसरी बनाउन सकिन्छ भन्ने बारेको वैकल्पिक उपायहरू सहितको कार्यपत्र पेस गरेका थिए ।

सभामा अतिथि बक्ताहरु एनआरएन अमेरिकाका प्रवक्ता विनोद कुमार तिवारी, अग्रज ब्यक्तित्वहरु हेम पाठक, डा. कमल अधिकारी, राजेन्द्र भट्टराई, डा. नवीन दाहाल लगायतका बक्ताहरुले महत्त्वपूर्ण विचारहरू राखेका थिए । उक्त सुझावहरूलाई मनन गर्दै प्रतिवेदनलाई परिमार्जन गरिएको छ ।

जनवरी १५, २०१७ मा वर्तमान कार्य समिति निर्वाचित भए यता १ वर्षमा २४ वटा औपचारिक महत्त्वपूर्ण कार्यक्रमहरू भएका छन् । यसमा इमिग्रेशन या कानुनी परामर्श जस्ता विषयहरूमा गोष्ठी, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, खेलकुद, बनभोज, जेष्ठ नागरिक सम्मान, ग्यान्स नेपाली पाठशाला, कवि गोष्ठीहरु, मर्दापर्दा सरसहयोग लगायतका छन् । यस बाहेक विभिन्न सरसहयोग र तयारीका कामहरू पनि भएका छन् ।

आर्थिक प्रतिवेदनमा उल्लेख अनुसार अघिल्लो कमिटीबाट प्राप्त गरेको रकम $8,399.00 थियो भने त्यसपछि एक वर्षमा भएको आय $23,897.00 र व्यय $18,421.90 गरी बचत $13,874.10 रहेको छ । सङ्गठनलाई यो ठाउँसम्म ल्याइपुर्याउन हर हिसाबले सहयोग पुर्‍याउने सबैप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरिएको छ ।

संस्थाले आफ्नो आगामी कार्ययोजना पनि प्रकाशित गरेको छ । जस अनुसार,
(१) स्वास्थ्य प्रशिक्षण शिविर (Health Education Class)
सामान्य स्वास्थ्य (general health), मानसिक स्वास्थ्य (mental health) र स्वास्थ्य बिमा (health insurance) का विषयमा डा.राजेन्द्र परक तथा अन्य विशेषज्ञहरुद्वारा प्रशिक्षण मिति February 25, Sunday 2018 मा गर्ने ।

(२) आत्म सुरक्षा (Self Defense), आर्थिक स्वतन्त्रता (Financial Freedom), पारिवारिक अनुशासन, प्रेम र सुख शान्ति (Family discipline, love and peace) जस्ता कुराहरूमा कार्यशाला गोष्ठीहरु गर्ने र गरिँदै आएका सबै राम्रा कार्यक्रमहरूलाई निरन्तरता दिने ।

(३) दसैँ महोत्सव
आगामी दसैँमा परम्परागत कार्यक्रम भन्दा फरक ढङ्गले खुल्ला मैदानमा दसैँ महोत्सव October 13, 2018 Saturday 11am to 6pm; Asian American Resource Center मा गर्ने जसमा हिमालदेखि तराई सम्म जोड्ने गरी नेपाली संस्कृतिका महत्त्वपूर्ण पक्षहरू भेषभुषा, खाना र सङ्गीत झल्किनेछन् र नेपाली बाहेक अन्य समुदायका मानिसहरूलाई समेत उपस्थित पव्लिसिटी गरी गर्ने । भोटे/तामांग सेलो, लाखे नाच देखि लिएर तराईका विभिन्न सांस्कृतिक कुरा र खानाहरूलाई समेट्न अहिले देखि नैं श्रोत र साधनको प्रबन्ध गर्ने ।

(४) वार्षिक मुखपत्र ‘कोसेली’ प्रकाशोन्मुख अवस्थामा छ ।

(५) सदस्यता वितरण तथा डाटा सङ्कलन
१८ वर्ष उमेर पुगेका र ग्रेटर अस्टिन क्षेत्र (१९ कउण्टी) भित्र बसोबास गर्ने सबै नेपालीलाई $150.00 तिरी आजीवन सदस्यता या आगामी सम्मेलन (सम्भवत आगामी साल जनवरी) सम्मका लागि $10.00 तिरी साधारण सदस्यता लिन र आफ्नो विवरण उपलब्ध गराई डाटा सङ्कलनमा
सहयोग गर्न आव्हान गरिएको छ ।

(६) सामुदायिक भवनः
सामुदायिक भवन हामी सबैको एउटा सपना हो जसलाई साकार पार्न सबैको इमान्दार प्रयत्न बाट सम्भव हुने ठहर गरी एक स्थायी प्रकृतिको निम्नानुसार २५ सदस्यीय “सामुदायिक भवन निर्माण समिति” गठन गरिएको छ ।
१) हेम पाठक
२) डा. कमल अधिकारी
३) राजेन्द्र भट्टराई
४) कला उप्रेती
५) निर्मल श्रेष्ठ
६) उज्वल राजभण्डारी
७) राज मरासिनी
८) गेहेन्द्र केसी
९) डा. नवीन दाहाल
१०) चन्द्रसेखर यादव
११) सुरेन्द्र भट्टराई
१२) देवी दाहाल
१३) प्रवीण बस्नेत
१४) प्रेम कुमार श्रेष्ठ
१५) प्रेम पाण्डे
१६) दीपक हुमागाई
१७) पुष्कर प्रधान
१८) हेमेन्द्र श्रेष्ठ
१९) पदम ठकुराठी
२०) डिवी रोका
२१) देवराज न्यौपाने
२२) प्रदुम्न श्रेष्ठ
२३) भोजराज भट्ट
२४) सुदिप दाहाल र
२५) विदुर खतिवडा ।

यो समिति स्थायी प्रकृतिको हुनेछ तथापि निस्कृयता र सकृयताका आधारमा तथा आवश्यकताका आधारमा २५ मा नबढाई यसै समितिको बैठकले थपघट गर्न सक्नेछ । समितिमा संयोजक, सचिव र कोषाध्यक्ष तथा अन्य आवश्यक कार्य विभाजन पनि यसैको बैठकले गर्नेछ । सामुदायिक भवनको सपना पुरा गर्ने सम्पूर्ण अविभारा यसले बोक्नेछ र स्वतन्त्र निर्णयहरू लिन सक्नेछ ।

प्रतिवेदनको पूर्ण अंश हेर्न वेबसाइट www.ourgans.org भिजिट गर्नुहोला ।

प्रतिक्रिया