अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०३ | Colorodo: 08:18

टेक्सासमा एक नेपाली मारिए

बिआरटीनेपाल २०७४ माघ ७ गते १८:४२ मा प्रकाशित

टेक्ससको गाल्र्याण्डस्थित एउटा स्टोरमा काम गर्ने एक जना नेपाली मारिएका छन् ।

स्टोर लुट्न आएका मानिसको गोली प्रहरीबाट ३५ वर्षीय मनिष पाण्डे मारिएका हुन् । ब्रोडवे एभेन्युमा पर्ने एक्सोन स्टेसन नजिक रहेको स्टोरमा शनिवार मध्य रात अघि पाण्डेमाथि गोली प्रहार भएको स्थानीय प्रहरीले जनाएको छ ।

सिसिटिभी फुटेजमा २ जना मानिस बन्दुक बोकेर स्टोरमा प्रवेश गरेको र उनीहरूले पाण्डेलाई लुट्ने प्रयत्न गरेको गाल्र्याण्ड प्रहरी लेफ्निेन्ट पेद्रो बरिनुले जनाएका छन् । ‘क्लर्क (पाण्डे) र लुटेराबीच झगडा भयो,’ बरिनुले भने, ‘झगडाकै क्रममा भएको गोली प्रहारबाट क्लर्क मारिए ।’ गाल्र्याण्ड प्रहरीले मारिने व्यक्तिको परिचय ३५ वर्षीय मनिष पाण्डे भनेर खुलाएको हो ।
परिवारका सदस्यका अनुसार मृतक पाण्डे बाबु बन्न लागेकोमा हर्षित थिए । उनी श्रीमती साढे ५ महिनाकी गर्भवती छन् । पाण्डे जोडीलाई २ दिन अघि देख्ने ग्राहकले उक्त घटना विश्वास गर्न सकेका छैनन् । ‘बिहान उठेपछि मैले किन स्टोर बन्द भएको होला भनेर सोचेँ । के भएको हो भन्ने मलाई थाह थिएन । तर पनि भगवान्सँग केही नराम्रो भएको नहोस् भनेर प्राथना गरेँ,’ उपभोक्ता लेसिया सिम्सले भनिन् ।

प्रहरीका अनुसार एक जना अभियुक्त ६ फिट अग्ला देखिन्छन् भने अर्का ५ फिट ९ इन्च अग्ला देखिन्छन् । पातला शरीर भएका उनीहरूले हुडी लगाएको प्रहरीको भनाइ छ । गाल्र्याण्ड क्राइम स्टपर्सले उनीहरूलाई पक्राउन गर्न सूचना दिने वा उनीहरूलाई कारबाहीका लागि सहयोग गर्नेलाई ५ हजार अमेरिकी डलर उपहारको घोषणा गरेको छ ।

प्रतिक्रिया