अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

अमेरिका जाने अवसर सहित ‘नेपाल्स ब्युटि डिभा’ प्रतियोगीता

बिआरटीनेपाल २०७४ माघ २ गते ६:०३ मा प्रकाशित

ट्यालेन्ट, पर्सनाली र कन्फिडेन्टलाई जजमेन्टको मुख्य आधार बनाउँदै आरएनआर गु्रपले सौन्दर्य प्रतियोगीता ‘नेपाल्स ब्युटि डिभा–२०१८’ आयोजना गर्ने भएको छ । आयोजक आरएनआर ग्रुपले आइतबार एक बिज्ञप्ती जारी गर्दै ‘नेपाल्स ब्युटि डिभा–२०१८’का लागि आवेदन खुल्ला भएको जानकारी गराएको हो ।

फेसन र मोडलिङमा करियर बनाउन चाहने युवतीहरुको प्रतिभा निखार्दै बिभिन्न अवसर दिलाउने उदेश्यले रहेको प्रतियोगिताका बिजेत सहित उत्कृष्ट प्रतियोगीले अमेरिकामा आयोजना हुने बिभिन्न फेसन शोमा समेत सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

आगामी फेब्रुअरी फष्ट अर्थात माघको तेस्रो राजधानीमा प्रतियोगीताको पहिलो अडिसन हुँदैछ । पहिलो अडिसनबाट छानिएका प्रतियोगीले मात्र बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा सहभागी हुन पाउने आयोजक आरएनआर गु्रपकी अध्यक्ष मञ्जु श्रेष्ठले बताइन् । उनका अनुसार प्रतियोगीताको बिर्ष बिजेता सहित फस्ट रनरअप, सेकेण्ड रनरअप र मिस ट्यालेन्ट उपाधि जित्नेले समेत अमेरिकाको वासिंटनमा हुने फेसन शोमा सहभागी हुन पाउनेछन् ।

१६ वर्षदेखि २५ वर्ष उमेर समूहका कम्तिमा ५ फिट २ इन्च उचाही भएका र एसईई एवं एसएलसी उर्तिण भएका युवतीले मात्र प्रतियोगीतामा सहभागीता जनाउन सक्नेछन् ।

पहिलो चरणमा छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका विकास मोटिभेसन, लिडरसिप, डेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण दिइने अध्यक्ष श्रेष्ठको भनाई रहेको छ । प्रतियोगीताको कोरियोग्राफर रोजिन शाक्य रहेका छन् ।

प्रतियोगीतामा सहभागीका लागि फर्म आरएनआर गु्रपको नक्सल स्थित कार्यलय तथा इन्टरनेट मार्फट फेसबुक पेजबाट पनि प्राप्त गर्न सकिनेछ । अन्य जानकारीका लागि मोवाईल नम्बर ९८०८०५२९२९ मा समेत सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया