अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

चलचित्र ‘लिलिबिली’को रोमान्टिक गीत ‘इज इट लभ’ सार्वजनिक

बिआरटीनेपाल २०७४ माघ २ गते १:३५ मा प्रकाशित

मिलन चाम्स निर्देशीत चलचित्र ‘लिलिबिली’को पहिलो रोमान्टिक गीत सार्वजनिक गरिएको छ । ‘इज इट लभ’ बोलको गीतमा एलिस कार्कीको संगीत, राजेश कुमार श्रेष्ठको शब्द, प्रताप दास र मेलिना राइको स्वर छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्का र जसिता गुरुङलाई फिचरिङ गरिएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको यस गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् भने सुदिप बरालले खिचेका हुन् । स्कटल्याण्डको रमणिय लोकेशनमा यो गीतको भिडियो खिचिएको छ ।

चलचित्रमा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धु्रव दत्त, रितेश चाम्स लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रको गीत सार्वजनिक कार्यक्रममा प्रदिप, प्रियंका, अनुप लगायतका कलाकार उपस्थित थिए । गोविन्द शाही र सुदिप खड्काको लगानी रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन, चन्द्र पन्तको एक्सन छ । चलचित्र आउँदो बर्षको बैशाष १४ गते प्रदर्शन हुनेछ ।

प्रतिक्रिया