अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३२ | Colorodo: 15:47

यूरोप-अमेरिका हिँडेका २० हजार आप्रबासी शरणार्थी स्वदेश फिर्ता

बिआरटीनेपाल २०७४ माघ १ गते ६:०८ मा प्रकाशित

आप्रवासी शरणार्थी सम्बन्धि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले सन् २०१७ मा यूरोप तथा अमेरिका हिँडेका करिब २० हजार गैरकानूनी आप्रबासी शरणार्थीलाई आफ्नो देश फिर्ता गरिएको जनाएको छ ।

उक्त संस्थाले सन् २०१७ मा मात्र २० हजार जना गैरकानूनी आप्रबासी शरणार्थीलाई सम्बन्धित देशको राजधानीमा हवाई मार्गमार्फत फिर्ता पठाइएको जनाएको हो ।

आइओएमले स्वयंसेवी विभाग ‘भोलुन्टरी रिटर्न प्रोग्राम’ नै राखेर यसरी गैरकानुनी रुपमा विदेश हिँडेका आप्रवासीलाई स्वदेश फर्काइएको बताएको छ ।

यसरी स्वदेश पठाइएका अधिकांश आप्रवासीमध्ये प्रायजसो विभिन्न अफ्रिकी तथा एसियाली देशका नागरिक रहेको पनि उक्त संस्थाले प्रकाशन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आप्रवासीले पछिल्लो समयमा उनीहरुको यूरोप तथा अमेरिका प्रस्थान गर्ने मुख्य गन्तव्यको विन्दु लिवियालाई बनाउदै आएका छन् ।

सो दशेमा यसरी विविभन्न दशेका गैरकानुनी आप्रवासीहरुले गन्तव्यको एक ट्रान्जिट बनाउँदा केही बर्षदेखि सो मुलुकको अवस्था पनि अस्तव्यस्त बनेको समाचारमा जनाइएको छ ।(रासस)

प्रतिक्रिया