अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

दार्जिलिंङका फ्यानहरुको भिड थाम्न नसकेपछि पल शाहका लागि ठुलै संख्यामा भारतिय प्रहरी तैनाथ

बिआरटीनेपाल २०७४ पुष ३० गते ०:५२ मा प्रकाशित

युवास्टार पलशाह र आँचल शर्मा यतिखेर दार्जिलिंङ छन् । दार्जिलिंग पुलिसले आयोजना गरेको म्याराथनमा नेपालबाट अतिथि बनेर पुगेका पल आचललाई फ्यानहरुबाट जोगाउन मुस्किल परेको छ ।

बिहान म्यारथनको स्टेज पुगे देखी पल नाम लिदै चिच्याइरहेका उनका फ्यानहरु कार्यक्रम सकिए लगतै स्टेज चढेका थिए ।

भिडलाइ थाम्न नसके पछि दार्जिलिंग पुलिसका डि एस पी सिद्धार्थ दोर्जी ट्राफिक प्रमुख दोर्जे शेर्पा र सब इन्निसपेटर मिलन गुरुडं ले ५० भन्दा बढि प्रहरीको साथमा पललाइ मुस्किलले होटल सम्म पुर्याएको थिए । पल र आचलकाका फ्यानहरुले होटलको गेट नछोडे पछी प्रहरी पुन पललाइ सार्बजनिक गर्नु परेको थियो । सुरक्षाका हिसाबले रोकिरहेको प्रहरीलाइ पल आफैले फ्यानहरु सग फोटो खिच्न दिन लाइ अनुरोध गरेका थिए । उहाहरुको माया ले नै यहाँ सम्म आइपुगेको भन्दै भिडमा जान तयार भएका थिए ।

पललाइ दिन भर होटलबाहिर कुर्ने अधिकांश युबती हरु थिए । २ दिन सम्म दार्जिलिंग मा बसेका पललाइ पुर्ण सुरक्षा दिइएको थिए । दार्जिलिंग ट्राफिक पुलिसका प्रमुख शेर्पाले भारतिय कलाकार आउदा भन्दा नेपाली कलाकार पल शाह र आचल शर्मा आउदा क्रेज धेरै भएकाले सुरक्षा ब्यबस्था मजबुत बनाइएको बताए ।

प्रतिक्रिया