अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

होटेल मल्लको क्यासिनो बन्द नगर्न सर्वोच्चको आदेश

बिआरटीनेपाल २०७४ पुष २४ गते १९:४३ मा प्रकाशित

सर्वोच्च अदालतले काठमाडौंको होटेल मल्लमा सञ्चालनमा रहेको क्यासिनो बन्द गर्न पर्यटन विभागले पठाएको पत्र तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । विभागको उक्त निर्णयविरुद्ध बेल्लिज नेपाल २० पुसमा सर्वोच्च गएको थियो । रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश दीपकराज जोशीको एकल इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म क्यासिनो सञ्चालनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न–नगराउन भनेको हो ।

सर्वोच्चले नेपालको संविधानको धारा १७ ले व्यवस्था गरेको पेसा–व्यवसाय गर्न पाउने हक विभागको पत्रले हनन गर्ने भन्दै क्यासिनो सञ्चालनको इजाजतपत्र खारेज गरी रोक लगाउने निर्णय यथास्थितिमा राख्न भनेको छ । होटेलमा बेल्लिज नेपालले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई रोयल्टी नबुझाएपछि पर्यटन विभागले ४ पुसमा सञ्चालन इजाजतपत्र खारेज हुने सूचना पठाएको थियो । पटक–पटक ताकेता गर्दासमेत क्यासिनो सञ्चालनको रोयल्टी बक्यौता नबुझाएको भन्दै विभागले क्यासिनो सञ्चालनमा रोक लगाउने चेतावनी सहितको पत्र पठाएको थियो ।

यसअघि, सर्वोच्चले होटेल सोल्टी र नेपाल रिक्रिएसन सेन्टरको रोयल्टी कसले तिर्ने भन्ने विवादमा क्यासिनो सञ्चालककै दायित्व हुने फैसला सुनाएको थियो । बेल्लिजले कानुनअनुसार होटेलसँग सम्झौता गरेको र रकमसमेत भुक्तान गरेकाले रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेशमा भनिएको छ । बेल्लिजले क्यासिनो नियमावली २०७० अनुसारको सम्पूर्ण प्रक्रिया पूरा गरेको तर सरकारले पेसा–व्यवसाय गर्न पाउने हकमा हस्तक्षेप गरेको निवेदनमा जिकिर गरेको थियो । आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू