अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

अब रातिमा पनि चिडियाखाना हेर्न पाइने

बिआरटीनेपाल २०७४ पुष १३ गते १८:५० मा प्रकाशित

सामान्यतया चिडियाखानाका जीवजन्तु बिहान, दिउँसो र अपराह्न आफ्नो समय अनुकूल अवलोकन गर्ने गरिन्छ । रात्रिकालीन अवलोकनको अवसर भने दुर्लभ मानिन्छ । यस्तै दुर्लभ अवसर मुलुककै सदर चिडियाखानाले प्रदान गरिरहेको छ । 

साँझ परेपछि पनि चिडियाखानाका जीवजन्तु र तिनका आनीबानी नजिकबाट नियाल्न सकिन्छ ।

चिडियाखानाका प्राविधिकले रातको समयमा सक्रिय हुने ‘रात्रिचर जीव’ लक्षित ‘नाइट गाइडेड टुर’को सेवा दिँदै आएका छन् ।

१ सय २० रोपनी क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल विभिन्न १ सय १४ प्रजातिका जीवजन्तु प्रदर्शनीमा राखिएका छन् । तीमध्ये विभिन्न १८ प्रजातिका निशाचर जन्तु छन् ।आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू