अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 21:20

निर्वाचनपछि मुख्यसचिवहरु र सचिवहरुले आफुहरुलाई टेर्न छोडेको भन्दै मन्त्रिपरिषदमा हंगामा

बिआरटीनेपाल २०७४ पुष १३ गते १८:२६ मा प्रकाशित

मन्त्रिपरिषदको बैठकमा सचिवले असहयोग गरेको भन्दै शहरी विकासमन्त्री दिलनाथ गिरीले आफ्नो मन्त्रालयको सचिव परिवर्तन गर्ने प्रस्ताव गरेपछि मन्त्रिपरिषदको बैठकमा हंगामा भएको छ ।

बैठकमा मन्त्री गिरीले शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले आफूलाई पूरै असहयोग गरेको भन्दै असन्तुष्टिसहित सचिव परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेपछि उपप्रधान एवं उर्जामन्त्री कमल थापाले आपत्ति जनाएका छन् ।

मन्त्रि गिरीले अडानका साथ सचिवले जनताको काम गर्नुको सट्टा होटलहोटलमा ठेकेदारसँग मिलेर ठेक्कापट्टा मिलाउन लागेको भन्दै थप आक्रोशित भएपछि दुई मन्त्रीबीचको बिबादले उग्र रुप लिएको एक मन्त्रीले बताए ।

ती मन्त्रीका अनुसार, सचिवको बिषयले बैठकमा निकै ठूलो रुप लियो, प्रधानमन्त्रीलाई समेत सम्हाल्न गाह्रो भयो । ‘थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, शहरी विकास मन्त्रालयका सचिव परिवर्तन  हुँदैन, काम गर्न नसक्ने हो भने राजीनामा गर्नुहो, म अहिले नै स्वीकृत गरिदिन्छु ।’

सचिवहरु र मुख्यसचिवहरु विरुद्ध मन्त्रीहरु आक्रोशित भएका छन् । बैठकमा उपप्रधानमन्त्री सवजयकुमार गच्छदारसहित आधा दर्जन मन्त्रीले निर्वाचनपछि सचिवहरुले टेर्न छोडेको र यसमा मुख्य सचिवकै भूमिका रहेको आरोप लगाएका थिए । २० मिनेट चर्काचर्की भएको थियो । आजको नेपाल समाचारपत्रमा  खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू