अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

अमेरिकाको भर्जिनियामा नेपालीहरूले क्रिस्टमश मनाए

खेम भट्टचन, वासिङ्टन डिसी २०७४ पुष ११ गते ६:४१ मा प्रकाशित


अमेरिकाको राजधानी वासिङ्टन डिसी नजिकै भर्जिनियामा युनाईटेड नेप्लीज फेलोशिप युएनओको आयोजनामा भव्यताका साथ क्रिस्टमश मनाईयो । वासिङ्टन डिसी एरियाको ठुलो म्याकलिन बाइबल चर्चमा करिब दशहजार मान्छे अट्ने हलहरु भएको कार्यक्रम यही डिसेम्बर २४ तारिख आइतबार साँझ भगवान् एशुको प्रार्थना, विविध सांस्कृतिक कार्यक्रम, रात्रिभोज सहित २०१७ को क्रिस्टमश मनाईयो । सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिएका सबै नाचगान भगवान् एशुका नाममा थिए । १८ वर्ष अमेरिका बसेर नेपाल फर्केका बरिष्ट चलचित्र नायक सरोज खनाल, बिआरटी नेपाल प्रतिनिधि लगायतका अतिथीहरुलाई कार्यक्रममा पन्चकन्याबाट फुलको गुच्छाले स्वागत गरिएको थियो । आफूले बनाएको नयाँ चलचित्र पंचायत प्रदर्शन गर्न सरोज खनाल नेपाल देखी अमेरिका आएका हुन् ।

कार्यक्रममा कुनै कलाकारले गीत गाउँदा सम्पूर्ण गीत ठुलो स्क्रिनमा लेखेर नै आउने गराईएको डिजिटल सिस्टम बडो आकर्षक थियो । यसै गरी, अमेरिकामा अन्य सङ्घ संस्थाहरूलाई पाठ नै हुने गरी तोकिएको समयमा कार्यक्रम सुरु गरेर ठयाक्कै तोकिएको समयमा समापन गरेको देख्दा आयोजक संस्था युनाईटेड नेप्लीज फेलोशिप युएनओको व्यवस्थापन एकदमै प्रशंसनीय थियो ।

येशु भगवान् किन हुन् ? येशुको जन्म जयन्ती संसारभर किन मनाईन्छ ? क्रिस्टमश पर्व किन मनाईन्छ आदी भन्ने बारेमा आयोजक संस्थाका अध्यक्ष आशिष् थापाले प्रबचन दिएका थिए । आयोजक संस्थाका उपाध्यक्ष रमेश मैनालीले कार्यक्रम सञ्चालन गरेका थिए । सचिव कृष्ण श्रेष्ठको डिजिटल म्युजिक व्यवस्थापन बडो प्रशंसनीय थियो । कार्यक्रमको बिआरटी नेपाल डट कमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया