अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०० | Colorodo: 01:15

गायक पुस्कल शर्माले फेरी ल्याए आफु मरेको भिडियो

बिआरटीनेपाल २०७४ पुष १० गते १:१० मा प्रकाशित

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा बिशेषतः रुवाउने गीत ल्याएर चर्चामा आउने गायक हुन् पुस्कल शर्मा । उनका बिगतका गीतहरु हेर्नेहो भने पनि हँसाउने भन्दा रुवाउने गीत बढी छन् । उनले गाएका आधुनिक गीतहरुपनि दर्शकले रुचाएका छन् ।

पुस्कलको ‘मुटु जलाई जलाई’ बोलको दोहोरी गीत अत्यधिक रुचाइएको गीत हो । दर्शकले यो गीतलाई निकै मन पराएका थिए । त्यसैले पनि पुस्कलले आजको दिनसम्म यहि गीतको भाग ५ सम्म ल्याइसकेका छन् । दोहोरी गीतको बिच–बिचमा सम्वाद हालेर पनि राम्रो बन्छ भनेर सम्भवतः पुस्कलले नै शुरुवात गरेका हुन् । यहि कुरालाई पछि धेरै दोहोरी गीतहरुले फ्लो पनि गर्न थाले । 

पुस्कलको ‘मुटु जलाई जलाई’ को भाग ५ भर्खरमात्र सार्वजनिक भएको छ । तिनदिन अघि सार्वजनिक भएको ‘फ्यान सुसाइट नोट’ बोलको गीतलाई युट्युवमा दुईलाख भन्दा बढी पटक हेरिसकिएको छ । भिडियोमा पुस्कल मरेका छन् । यो भन्दा अघिको भाग ३ को भिडियोमा पनि पुस्कल मरेको देखाइएको थियो । त्यो समयमा पुस्कलको मृत्यु भयो भनेर धेरै फ्यानहरुले साँच्चै हो भनेर प्रश्न गरेका थिए । धेरै फ्यान रोएका समेत थिए । उनले बनाएको त्यो भिडियोमा साधारण दर्शकले गीत भनेर चिन्न गाह्रो पर्नेखालको थियो । अहिले भाग ५ सम्म आइपुग्दा पुनः पुस्कलले आफुु मरेको भिडियो बनाएका छन् । यो भन्दा अघि पुस्कलको मृत्युको खबरले धेरै नै झुक्किएका दर्शक अहिले भने झुक्किएनन् तर पुस्कलले किन बारम्बार आफु मरेको भिडियो बनाउँछन् । आखिर मरेकै भिडियो राम्रो चल्छ भनेर त हैन भन्ने खालको प्रश्न फ्यानहरुले गर्न थालेका छन् ।

दर्शक माझ छिट्टै लोकप्रिय बन्छ भनेर हो अथवा आफु मरेको भिडियो बनाउँदा कस्तो हुन्छ भनेर हेर्न चाहेका हुन् त्यो भने उनी स्वयमलाई थाहा होला तर अधिकांश दर्शकले भिडियो राम्रो बनेको प्रतिक्रिया दिएपनि आफु मरेको भिडियो नबनाए हुने भन्ने खालको प्रतिक्रिया पनि प्रशस्तै आएका छन् ।

प्रतिक्रिया