अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३६ | Colorodo: 18:51

चलचित्र ‘ह्याप्पी न्यू इयर’को ‘मुटु दुखाउँछ मायाले’ गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ पुष ४ गते ४:५१ मा प्रकाशित

चलचित्र ‘ह्याप्पी न्यू इयर’ टीमले चलचित्रमा समावेश ‘मुटु’ बोलको गीत सार्वजनिक गरेको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै टीमले चलचित्रको स्याड भर्सनको गीत सार्वजनिक गरेको हो ।

यहि पुस १४ बाट देशैभर एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको सार्वजनिक गीतमा सनुप पौडेलको स्वर रहेको छ । किरण माइकलको शब्द तथा संगीत समावेश गीत निकै मन छुने बनेको छ । कलाकार कुशल थापा, सन्ध्या केसी र पुकार गौतम यो गीतमा फिचर भएका छन् । सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिएको यस फिल्मलाई देवकुमार श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । फिल्मको छायांकन अष्ट्रेलियन नागरिक बेन्जामिन ड्रेले गरेका हुन् ।

अंग्रेजी नयाँ वर्ष सन् २०१८ लक्षित चलचित्र ‘ह्याप्पी न्यू इयर’ लाई लिएर कलाकार कुशल थापा निकै आशवादी देखिएका छन् । आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका कुशलले ‘ह्याप्पी न्यू इयर’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए । यता नायिका सन्ध्याले पनि फिल्म राम्रो बनेको भन्दै यो पटकको नयाँ वर्ष ‘ह्याप्पी न्यू इयर’ हेर्दै मनाउन दर्शकलाई आग्रह गरेकी छिन् ।चलचित्रलाई रति थापाले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया