अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०९ | Colorodo: 22:24

अमेरिकी हेलिकोप्टरमा सरर

भूमि भण्डारी २०७४ मंसिर २० गते ४:०१ मा प्रकाशित

‘पानी ।’

उसले मेरो कालो व्यागमा राखेको रातो बोतल हातमा लिंदै सोधेको थियो । मेरो जवाफ सगै उसले बोतल मै तिर बढायो र भन्यो – यो खोलेर पिउनुहोस् । त्यसले भनेको नमान्ने प्रश्नै आउदैनथ्यो । त्यसैले बोतल खोलेर एक घुट्को पानी पिए ।

मेरो झोला खोतलखातल पारेर त्यसले एक एक सामान हेर्‍यो । वाकीटकी सेटको चार्जर पनि झोलामा थियो । फेरी सोध्यो, ‘यो के हो ?’ मैले बताएपछि उसले डब्बाबाट चार्जर बाहिर निकाल्यो, राम्ररी नियाल्यो र टेबुलको एक कुना तिर हुत्याइ दियो ।

पछाडी भिर्ने झोलाको जााच पछि अब सुटकेशको पालो थियो । मैले सुटकेशको ताला र चेन खोलेपछि उसले सुटकेशका हरेक सामान निकाल्दै नियाल्दै टेबुलमा राख्दै गर्न थाल्यो । सबै सामान एक एक गरेर छामिसकेपछि, हेरिसकेपछि उसले भन्यो, ‘नाउ, यु क्यान गो इन ।’ तर, मेरो अगाडी सबै सामान मिलाउनु पर्ने अर्को झमेला बााकी नै थियो ।

काबुल अन्तराष्ट्रिय बिमानस्थलको प्याक्स टर्मिनल वानमा पुग्दा बिहानको सात बजेको थियो । सडक किनारमा जोडिएको पहिलो गेटबाट म चढेको गाडीलाई अफगान सेनाले भित्र जान दिएन । ‘संयुक्त राष्ट्र संघको गाडीलाई भित्र छिर्न नदिने ?’ अफगान सेनाको अगाडी केही नबोलेको ड्राइभर नसीरले म तिर हेर्दै भन्यो । मैले ‘खोई’ को भावमात्र व्यक्त गरें ।

अमेरीकी दुताबासले आफ्ना सैनिक ओसार-पसार गर्ने एम्वेसी एयरको हेलिकोप्टरमा चढेर मे १६ का दिन काबुलबाट गर्देज जाने मलाई अवसर मिलेको थियो । १ सय ३१ किलोमिटर सडक दुरीको उडान दौरान हेलिकोप्टरबाट अफगानस्तानलाई नजिकबाट नियाल्ने यो राम्रो अवसर पनि थियो । तर, यो हेलिकोप्टर चढ्न अपनाउनु पर्ने प्रकृया लामो र झन्झटिलो थियो । मेरो कार्यालयले ४ दिन अघि नै यो प्रकृया अघि बढाएको थियो । ४८ घन्टा अगाडी नै मेरो टिकट स्वीकृत भै सकेको थियो । अमेरिकन एम्वेसी एयरले प्रयोग गर्ने छुट्टै टर्मिनलको सुरक्षा यति कडा थियो कि सडक किनारमा मान्छे उभिएको देख्यो भने अफगान सेनाले हप्कीदप्की गथ्र्यो । संयुक्त राष्ट्र संघले प्रयोग गर्ने गाडीहरु समेत भित्र जान अनुमति थिएन ।hello

सात बजे मेरो रिपोर्टिङ टाइम थियो । गाडी भित्र जान नदिएपछि मैले कस्टमर केयरमा फोन गरें । एम्वेसी एयरको गाडीले मलाई गेट बाहिरबाट पिकअप गर्ने कुरा बताइयो । म गाडी भित्रै बसेर त्यो गाडी कुरिरहें । उक्त टर्मिनलको बाहिरी सुरक्षा अफगान सेनाले गरिरहेको थियो । पावरफुल सिसिटिभी क्यामेराले कम्पाउण्ड बाहिर चारैतिर मोनिटरिङ गरिरहेका थिए । गेट भित्र ठूला-ठूला दुइवटा तगारा थिए । हाइ पोइन्टमा पनि सुरक्षाकर्मी तैनाथ थिए । म भने यहााको सुरक्षा व्यवस्था देखेर चकित थिएं । मलाई तस्वीर लिन मन लागेको थियो तर त्यहाा ठूलो अक्षरमा तस्वीर लिन नपाइने सुचना टाासिएको थियो ।

गेटबाहिर कुरेको पनि २० मिनेट भै सकेको थियो । कस्टमर केयरमा फेरी फोन गरें । त्यहााबाट ५ मिनेट भित्र गाडी आइपुग्ने बताइयो । साढे सातमा कालो चश्मा लगाएको यौटा गोरो युवक देखियो । म गाडीबाट ओर्लेर त्यसको छेउमा गएं । ‘के नाम हो तपाईको ?’ मैले आफ्नो नाम भनेपछि हातमा रहेको लिष्टमा मेरो नाम खोज्यो र भन्यो, ‘आफ्नो सामान लिएर मेरो पछि लाग्नुहोस् ।’ उसको पछिपछि लागेर गेटको पहिलो चेक पोइन्टमा पुगें । त्यहाा मेरो सामान खोतलखातल पार्ने काम भयो । सुटकेश र सरीरको तलासीपछि फेरी हिड्दै १०० मिटर पर रहेको त्यसको गाडीमा पुगें र सामान राखेर गाडीको अगाडीको सिटमा बसें ।

गाडीको इन्जिन स्टार्ट गरेर गुडाउदै उसले सोध्यो, ‘कहाा जाना है आपको ?’ अघि सम्म अमेरिकन सोचेको युवक त हिन्दी पो बोल्छ । मलाई त्यसको हिन्दी लवजबाट अमेरीकन होइन भन्ने प्रष्ट भयो । अफगानस्तानको उत्तरी प्रान्तका बासिन्दा कुइरा आाखा, खैरो कपाल र गोरो छाला भएका हुन्छन् । केही मंगोल अनुहारका त केही आर्य अनुहारका हुन्छन् । मैले पनि ‘आप मजार से है क्या ?’ भनेर सोधें । नभन्दै त्यो मजार-ए-सरीफबाटै आएको रहेछ । पक्कै पाकिस्तानमा शरणार्थी थियो होला भन्ने मेरो अनुमान रह्यो । ‘पाकिस्तान मै आप कहाा रहते थे ?’ नभन्दै त्यो पाकिस्तानको पेशावर शहरमा हुर्के बढेको रहेछ । त्यही पढेको रहेछ । US Helicopter

टर्मिनल भित्र प्रवेश गरेर गाडी भित्र उ साग कुरा गर्दै गर्दा अर्को चेक पोइन्ट आयो । मलाई गाडीबाट ओर्लिन भनियो । यौटा सुरक्षा गार्ड म तर्फ आयो र सोध्यो, ‘ह्वाट इज योर नेम सर ?’ मैले आफ्नो नाम भन्दै गर्दा त्यसको छातिमा टाागिएको नेम ट्याग पढें -‘बिजयकुमार गुरुङ ।’ ‘ह्वेयर आर यु गोइङ ?’ मैले नेपालीमा उत्तर दिएं, ‘गर्देज तिर जान लागेको ।’ त्यसले म तिर हेर्यो र भन्यो, ‘ओहो गाउाले पो हुनुहुादो रहेछ । के मा काम गर्नु हुन्छ ? घर चााही कहाा पर्यो ?’ बिजयले मेरो नाम उसको लिष्टमा भिडायो, दुरुस्त पाएपछि उसले गाडीलाई भित्र प्रवेश गर्ने अनुमति दियो ।

मैले गाडीमा पुन बसिसकेपछि त्यो ड्राइभरलाई सोधें ‘यहाा नेपाली कति छन् ?’ उसले यो टर्मिनल भित्रको सुरक्षामा प्राय सबै नेपाली रहेको सुनायो । ऊ अनुवादकको रुपमा काम गर्दो रहेछ । नेपालको ’boutमा पनि निक्कै जानकार रहेछ । उसले मेरो तलव सोध्यो । मलाई केही कुरा गर्न यहाा बर्जित छ, जस्तै आफ्नो पारिश्रमिक, धर्म र राजनीति’bout बहस गर्न । ‘म त तलव पाउादिन, स्वयंसेवक हो ।’ उसले सोध्यो, ‘अफगानस्तान आएर के को स्वयंसेवा ? आफ्नै देशमा गरे भै गो नि, स्वयंसेवा ।’ उसले प्रश्नसागै मलाई विकल्प पनि दियो । मैले नेपालमा काम नपाइने बताएं । उसले नेपाल र अफगानस्तानको भ्रष्टाचार, नातावादको तुलना गर्यो र दुबै एकै भएको निष्कर्ष पनि निकाल्यो । यसै समयमा अफगानस्तानलाई बरवाद बनाउन पाकिस्तानको हात रहेको पनि सुनाउन भ्यायो । उसले भन्यो, अफगानस्तानकी बरवादी, पाकिस्तानकी आवादी, पाकिस्तानकी वरवादी, अफगानस्तानकी आवादी । आतंककारी समुह, आत्मघाती हमलाकारी’bout उसले रोष प्रकट गर्यो ।

हामी विमानस्थल भित्र प्रवेश गर्ने ढोकामा एक अमेरीकी महिला सैनिक थिइन् । उनले ड्राइभरलाई कता ? भनेर इशारा गरिन् । ‘गर्देजको एक प्यासेन्जर लिएर आएको ।’ उसले भन्यो । ती महिला कराइन्, ‘यतिबेला आउने हो ? हेलिकोप्टर उडिसक्यो । काउन्टर बन्द भै सक्यो ।’ आठ बजेको फ्लाइट टाइम थियो । त्यहाा पुग्दा सात पचास भै सकेको थियो । म काउन्टरमा गएं । धन्य, काउन्टर बन्द भएको रहेनछ । काउन्टरमा बसेको कर्मचारीले मेरो टिकट र आइडी कार्ड चेक गर्यो । मेरो सुटकेश, झोला सागै मलाई पनि तौल मेशिनमा उभ्यायो । मेशिनले ७४ केजी देखायो । एक सुरक्षागार्डले मेरो सुटकेश र झोला चेक गर्न भित्र लग्यो । ‘ये तुम्हारा आदमी है । जल्दी करो ।’ – ड्राइभरले आवाज लगायो । त्यो सुरक्षा गार्ड पनि नेपाली नै रहेछ । मेरो वालेट, पेटी, जुत्ता सबै उतारेर पुन मेरो सरीर तलासी लिइयो र अगाडी जान दिइयो । एप्रोन छिर्नु अघिको अन्तिम चेकमा एक अमेरीकी महिलाले मेरो नाम उच्चारण गरिन् – ‘बुमी प्रासाड बन्ड्री’ । मैले हात उठाएं । मलाई एक जोडा एयरप्लग दिइन् र हेलिकोप्टर तर्फ लगिन् ।yes

हेलिकोप्टर भित्र  म सहित ४ जना प्यासेन्जर थिए । दुई अमेरीकी सैनिक र एक अफगानी नागरिक । अफगानी नागरिक पक्कै पनि अमेरीकी सहयोग नियोग तिर काम गर्ने मेरो अनुमान थियो । १८ जना जति अटाउने हेलिकोप्टर पुरानो थियो । एक अर्का तर्फ फर्काएर सिटहरु राखिएका थिए । हेलिकोप्टरमा दुईजना सुरक्षाकर्मी छिरे । त्यसमध्ये एक नेपाली थियो । अमेरिकन सुरक्षाकर्मीले हेलिकोप्टर भित्रको सुरक्षा व्यवस्था, आपतकालीन ढोका, आपतकालीन वटन र सेटलाइट फोन राखेको ठाउँबाट जानकारी दियो । दुबै सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षा उपकरण पहिरिए । उनीहरुको कम्मरमा पेस्तोल थियो भने हातमा अत्याधुनिक स्वचालित हतियार । अमेरीकी सुरक्षाकर्मीले कम्मरमा पेटी बााध्यो र त्यो पेटीलाई हेलिकोप्टर भित्रको एक हुकमा अड्कायो । सायद गोली लागेमा सुरक्षाकर्मी हेलिकोप्टरबाट नझरोस् भन्नलाई यसो गरेको होला, ’cause उ ढोका तिर फर्केको थियो र ढोका खुल्लै थियो । मैले कानमा एयरप्लग कोचें, सिटबेल्ट बााधे र झ्याल बाहिर नियाल्न थालें । हेलिकोप्टरले ठूलो आवाज गर्दै पखेटा घुमायो र भूाई छोड्यो । जमिनबाट थोरै माथि मात्र भएर उड्ने हुनाले हेलिकोप्टरमा आक्रमण हुने डर हुन्छ । र यस्ता घटना अफगानस्तानमा समय-समयमा भै रहन्छन् । मलाई सडक यातायात प्रयोग गर्ने अनुमति छैन । त्यसैले कि त युएन जहाज कि त एम्वेसी एयरको जहाज/हेलिकोप्टरमा यात्रा गर्नु पर्छ । अमेरीकी दुताबासको हेलिकोप्टर यात्रा मेरो पहिलो यात्रा थियो ।

बाहिर काबुल देखियो । हेलिकोप्टरले एक डााडो छिचोलेपछि केही मैदान र हरियाली देखियो । त्यसपछि नाङ्गा डााडाहरु । मे महिना भएकाले केही चुचुराहरुमा मात्र हिउाको अवशेष थियो । अफगानस्तान नेपाल जस्तो सुन्दर छैन । आकाशबाट हेर्दा त्यहाा नाङ्गा डााडाहरु र बलौटे मैदानबाहेक केही देखिादैन । म हेलिकोप्टरमै रहादा गर्देजको मेरो ड्राइभर उस्तादको २ पटक फोन आयो । केही क्षणमै पुगिने हुनाले मैले फोन उठाइान । गर्देजको हेलिप्याडमा हेलिकोप्टर ल्याण्ड गर्‍यो । म सुटकेश घिसार्दै बाहिर आएं । त्यहाा गाडी थिएन । मैले उस्तादलाई फोन गरें । उसले कहाा तपाई भनेर सोध्यो । मैले म पिआरटी हेलिप्याड बाहिर छु भनें । उसले म पनि पिआरटीमै छु भन्यो । त्यहााबाट पार्किङ एरिया तिर जान लागेको एक अफगान सेनाले रोक्यो । उसले के भन्यो मैले बुझिन, मैले के भनें उसले बुझेन । म पार्किङ स्थलमा जान चाहन्थें । पछि थाहा भयो, त्यहााबाट पैदल बाहिर निस्कन निषेध रहेछ । उसले इशाराले त्यहीा बस, तेरो गाडी आएपछि चढेर जानू भन्यो । मैले उस्तादलाई फोन गरे । हामीबिच मिस कम्युनिकेशन भएको रहेछ । म बसेको ठााउ पिआरटी होइन, अफगानी सेनाको व्यारेक रहेछ । उ चााही अमेरीकी सेनाको व्यारेक बाहिर मलाई कुरिरहेको रहेछ । तर, मेरो गाडीलाई हेलिप्याडमा आउन दिइएनछ ।

मसागै आएको एक अमेरीकी सेना आफ्नो गाडी कुरिरहेको थियो । अफगानी सैनिक र मेरो भाषा समस्यालाई नजिकबाट हेरिरहेको त्यो सैनिकले मलाई बोलायो र सोध्यो, ‘कहाा जाने ?’ मैले गर्देजको युएन कम्पाउण्डमा जान लागेको र मेरो गाडी बाहिर पार्किङस्थलमा रहेको बताएा । उसले भन्यो, यतै बस । मेरो गाडी र अनुवादक आउदैछन् । म तिमीलाई पार्किङसम्म लिफ्ट दिन्छु । उसको गाडी आएपछि, सामान गाडीमा राखें र म बसें । प्रवेशद्वारमै आफ्नो गाडी देखेपछि मैले भनें, उ मेरो गाडी त्यही हो, म ओर्लिन्छु । गाडीमा रहिमुल्लाह र उस्ताद थिए । दुबैले म साग अंगालो मारे र ‘गर्देजमा स्वागत छ’ भने । म गाडीमा बसेर आफ्नो कार्यालय आएं ।

बेलुका टिभी हेर्दा काबुलमा बिहान मैले गाडीमा बसेर भित्र जाने प्रतिक्षा गरिरहेको ठााउ नजिकै भएको आत्मघाती आक्रमणमा केहीको हताहती भएको समाचार आइरहेको थियो । सोही दिन काबुलमा भएका भिन्न तीन आत्मघाती हमलामा दुई नाटो सैनिक सहित ८ अफगानीको मृत्यु भएको र दर्जनौ घाइते भएको समाचार थियो । (स्रोत : लेखकको ब्लग )

प्रतिक्रिया