अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०३ | Colorodo: 09:18

‘झ्यानाकुटी फोटो कन्टेस्ट’ चर्चा  (पोज क्लिक गर्ने सेलिब्रेटी जोडी)

बिआरटीनेपाल २०७४ कार्तिक २९ गते ०:१० मा प्रकाशित

आउदो शुक्रबार देखि प्रदर्शनमा आउने फिल्म ‘झ्यानाकुटी’ ले ल्याएको फोटो कन्टेस्टले चर्चा पाएको छ । फिल्म युनिटले प्रिती चाउचाउसंगको सहकार्यमा ’झ्यानाकुटी फोटो कन्टेस्ट’ अगाडी ल्याएको थियो । कन्टेस्टमा सहभागी हुनेले प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा #Nov17 / #Jhyanakuti मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गर्नु पर्ने हुन्छ । त्यहाँ अपलोड गरिएका तस्वीर मध्य सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार नगद पनि पाउने छन् । यस कन्टेस्टमा दर्शक त उतिकै सहभागी छन् नै सेलिब्रेटीले पनि उतिकै साथ दिएका छन् ।

यतिबेला सामाजिक सञ्जालमा सेलिब्रेटीले आफ्नो सहकर्मी वा जोडीलाई बोकेको तस्वीर प्रशस्तै देख्न पाइन्छ । ‘यतिको साथ् पाइन्छ भन्ने सोचेकी थिइन् तर दर्शकको चासोसंगै सहकर्मीले साथ् दिदा निकै खुसि लाग्दो रहेछ’ फिल्म मार्फत निर्माणमा डेब्यु गर्न लागेकी निशा अधिकारी भन्छिन ’फिल्मले दर्शकको समय र पैसाको सदुपयोग गर्छ , ढुक्क हुनुस ।’ फिल्ममा निशासंगै सिमोश सुनुवारको पनि लगानी रहेको छ भने सिमोश नै फिल्मका निर्देशक हुन् ।

प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा सौगात मल्ल , बेनिशा हमाल , सुमी मोक्तान , एस्टल गुरुङ लगायतको अभिनय रहेको छ । फिल्मले सेन्सरबाट पिजी सर्टि्फिकेट पाएको छ । ’फिल्मलाई सेन्सरले पिजी दिएता पनि त्यस्तो केहि छैन’ निर्देशक सिमोश भन्छनफिल्म गरेपछि आफ्नै गाउघरको कथा फिल गर्नु हुनेछ ।’ फिल्मको ट्रेलरले सकारात्मक प्रसंसा बटुलिरहेको छ ।

 

झ्यानाकुटी पोज क्लिक गर्ने सेलिब्रेटी

प्रियंका कार्की -दीपक राज गिरि

नीता ढुंगामा -श्याम भट्टराई

ऋचा शर्मा – अनिल पराजुली

दिया मास्के – अनोज पाण्डे

बर्षा राउत -संजोग कोइराला

रिमा बिश्वकर्मा – रविन श्रेष्ठ

 

निशा अधिकारी –फिल्मले अगाडी ल्यायको झ्यानाकुटी पोजले पाएको चर्चाले निकै उत्साहित छौ । साथै दर्शकसंगै सेलिब्रेटी तथा पत्रकारले क्लिक गरेको झ्यानाकुटी पोजको लागि आभारी छु । फिल्म सेन्सर भईसकेको छ , त्यहाँ हेर्दा पनि दर्शकको समय र पैसाको सदुपयोग हुन्छ भन्नेमा विश्वस्त हुन् आग्रह गर्न चाहन्छु । म आफै पनि कलाकार भएकोले केहि हदसम्म दर्शकको टेस्ट थाहा छ , त्यसैले पनि म आधावादी छु ।

सिमोश सुनुवार – फिल्ममा हामीले एक गाउले परिवारको कथा देखाएका छौ । हाम्रो साना साना मिस्टेकले पछी के असर पार्न सक्छ भन्ने अव्सस्थालाई हामीले फिल्मी शैलीमा प्रस्तुत गरेका छौ । फिल्म हेर्दै गर्दा तपाइँ कतै हास्ने तथा कतै रुने पक्का नै छ । २ घण्टा २० मिनेटको फिल्मले तपाईलाई कहिँ कतै बोर गर्ने छैन ।

प्रतिक्रिया