अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४४ | Colorodo: 12:59

बम आक्रमणको संयोजन समितिबाट भत्सर्ना

बिआरटीनेपाल २०७४ कार्तिक २४ गते १०:१९ मा प्रकाशित

वाम गठबन्धनका तर्फबाट पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मामाथि आज भएको बम आक्रमणको पार्टी एकता संयोजन समिति, पश्चिम रुकुमले भत्सर्ना गरेको छ ।

संयोजन समितिले आज एक विज्ञप्ति मार्फत उक्त आक्रमणको भत्र्सना गरेको हो । समितिले आज बिहान रुकुमको चौरजहारी नगरपालिका–८, गोइरीमा बम प्रहार गरिएको जानकारी दिँदै सुरक्षाकर्मी र कार्यकर्ताको उच्च सतर्कताका कारण कुनै पनि क्षति नभएको जनाएको छ ।

राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर नेपालमा भएको वाम एकताको पहलकर्ता माथि भएको आक्रमणको समितिले भत्र्सना गर्दै भौतिक हमलामा उत्रने प्रवृत्तिलाई निरुत्साहित गर्न सबै उपाय अपनाउने र नेतृत्वको रक्षाका लागि आम जनता नै लाग्ने उल्लेख गरिएको छ ।

यसरी आग्रह गर्नेमा पार्टी एकता संयोजन समितिका तर्फबाट पश्चिम रुकुमका प्रमुख नेता शेरबहादुर केसी र राजकुमार शर्मा हुनुहुन्छ । (रासस)

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू