अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४८ | Colorodo: 12:03

आकाश अधिकारी निर्देशित ‘कान्छी’को पहिलो गीत सार्वजनिक-श्वेताको मनमा ‘श्री’ सधैँ जीवित

बिआरटीनेपाल २०७४ कार्तिक १६ गते ११:३३ मा प्रकाशित

चलचित्र क्षेत्रले भेटाएर प्रेमको गोरेटो कोर्दै विवाह सम्म पुगेर संधैका लागि बिछोड भएको नायक श्रीकृष्ण श्रेष्ठ र नायिका श्वेता खड्काको प्रेम कहानी कुनै चलचित्रको कथा भन्दा कम छैन । नायिका श्वेता त्यस्ती प्रेमकी एक उदाहरण हुन् जसले श्रीकृष्णको निधन नजिक छ भन्ने जान्दा जान्दै पनि उनीसँग विवाह गरिन् । केही दिनका लागि मात्र भए पनि उनी श्री कै अर्धाङगिनी बन्नुले आजको स्वार्थी दुनियालाई एउटा उदाहरणिय प्रेमको सन्देश गएको छ । तिनै नायिका श्वेता खड्का श्रीकृष्णको पदचाप पछ्याउँदै र आफू भित्रका जीवित श्रीसंगको मौन संवादले जगाएको प्रेरणा बोकेर पुन चलचित्र क्षेत्रमा फर्केकी छन् नायिका र निमात्रीका रूपमा ।

चलचित्र कोहिनुर प्रदर्शनको अन्तिम तयारीमा रहेका बेला श्रीकृष्णले संसार छोडेपछि लामो समय नायिका श्वेताको जीवन आँसुमै बित्यो । श्रीको श्वेता सफल नायिका बनेको हेर्ने रहरलाई आफ्नो प्रेरणा र शक्ति बनाएर यति बेला उनी चलचित्र कान्छी लिएर बजारमा आएकी छन् र भर्खरै सो चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ ।

सङ्गीतकार राजनराज सिवाकोटीको शब्दरसंगीतमा गायिका अन्जु पन्त र राजन राज शिवाकोटीकै स्वर रहेको चलचित्र कान्छीको ‘’चरी चट्ट परि’’ बोलको गीत राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

श्री कृष्ण श्रेष्ठका प्रिय निर्देशक आकाश अधिकारी निर्देशित यो चलचित्रमा श्वेता र दयाहाङ राई सँगै निर शाह, अनु शाह, भूमिका श्रेष्ठ, प्रज्वल सुजल गिरी, आशान्त शर्मा, कामेस्वोर चौरासिया, विनोद न्यौपाने लगायतका कलाकार भूमिकामा रहेका छन् ।

माघ २६ गते प्रदर्शन मिति तोकेको कान्छीको सार्वजनिक पहिलो गीतमा वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठको करियोग्राफी रहेको छ । काया फिल्मस् र बुम रेमिटको प्रस्तुति रहेको यस चलचिलाई पुरुषोत्तम प्रधानको खिचेका हुन भने चलचित्रमा यम थापाको कथा, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, शम्भुजित बास्कोटा, अर्जुन पोखरेल, राजनराज सिवाकोटीको सङ्गीत र वसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।

 

 

प्रतिक्रिया