अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४४ | Colorodo: 01:59

प्रदर्शनको तयारीमा चलचित्र ‘जाने मन’

बिआरटीनेपाल २०७४ कार्तिक १२ गते ८:०१ मा प्रकाशित

छायाँकन र डबिङ सकाएर चलचित्र जानेमन यतिवेला प्रदर्शनको तयारीमा लागेको छ । ‘हामीले चलचित्र सिनेमाघरमा ल्याउनका लागि सम्पूर्ण तयारी गरीसकेका छौ, अब छिट्टै नै सिनेमाघरमा आउने मिति सार्वजनिक गर्ने छौ’, चलचित्रका कार्यकारी निर्माता छवि भण्डारीले भने ।

कृष्टि कौशल मल्ल निर्माता रहेको यो चलचित्र बुटवल, भैरहवा, पाल्पा र राजधानीका विभिन्न स्थानमा छायाँकन भएको थियो । चलचित्रमा केदार मल्ल, मनोज श्रेष्ठ, छवी भण्डारी, सुरुची लामिछाने, जस्मिन माझी, दिपु मगर, खेम खत्री, अवधेश राज अहिरलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका गीतलाई शंकर अधिकारी ‘घायाल’ले लेखेका छन् भने केदार मल्लको सङ्गीत रहेको छ । दिलिप के कुमारको छायाँकन, श्रीश्रेष्ठको एक्सन रहेको यो चलचित्रको कथा छबी भण्डारीको हो भने निर्देशन विवेक थापाले गरेका छन् ।
लभ स्टारी, एक्सन यो चलचित्रमा बैंक ह्याकरको कथालाई उठान गरिएको केदरले बताए ।

 

प्रतिक्रिया