अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 02:47

शिव परियारको चर्चित गजल ‘पिउँदिन भन्दा भन्दै पिलायो साथीले’ हिन्दी र भोजपुरीमा चोरी

बिआरटीनेपाल २०७४ कार्तिक ११ गते १०:३८ मा प्रकाशित

गायक शिव परियारको अत्याधिक चर्चामा रहेको गजल पिउँदिन भन्दा भन्दै पिलायो साथीले केहि महिना अघि नै चोरी भएको थाहा भएपछि यतिबेला नेपाली सांगितीक क्षेत्र नै तातेको छ । गायक शिव परियारको दशौं एकल एल्वम शिबबुक मा रहेको यो गजलको मेलोडी हुवहु कपि गरेर हिन्दी र भोजपुरी नयाँ शब्द र आवाजमा भिडियो सहित सार्वजनिक भएको थाहा भएपछि संगीतकर्मी र नेपाली गीतका स्रोता दर्शक बिरोधमा उत्रेका हुन् ।

 

निहारिका लक्ष्मी शाहिले लेखेको यो गजल तारा प्रकाश लिम्बुको संगीतमा गायक शिव परियारले २ बर्ष अगाडीनै आफ्नो एल्वममा राखेका थिए । गायक परियारले यो गीतको भिडियो जिनियस म्यूजिकको यु ट्यूव च्यानल मार्फत १० अगस्ट २०१५ मा सार्वजनिक गरेका थिए । ६० लाख भन्दा बढि दर्शकले हेरेको यो गजलको भिडियोमा नायक पुष्पल खड्का नायिका अनु शाह, दिपक, रमेश र नविनको अभिनय रहेको छ । तर यो गजलको मेलोडीमा हिन्दी र भोजपुरी गायक गायिकाले आवाज दिएर शब्द समेत अर्कै राखी नयाँ कलाकारहरुको अभिनयमा भिडियो सार्वजनिक गरेपछि गायक शिव परियार र उनका प्रशंशकले चर्को बिरोध गरेका छन् ।

भोजपुरी भाषामा बिलिमे किली डालके बोलको शब्दमा राज यादवको स्वर, यादव राजको शब्द र मोनु सिन्हाको संगीत भनि यस्लाई २५ फेबु्रअरी २०१७ मा अपलोड गरिएको छ भने प्यारका रोग बोलमा कपि गरि राखिएको यो मेलोडिमा खुश्बु उत्तमको आवाज, प्रबिन सोनीको संगीत र कुमुद रसिला मुजम्फरपुरको शब्द रचना भनेर राखिएको छ जसलाई १४ जुलाई २०१७ मा अपलोड गरिएको छ ।

नेपाली गीत कपि गरेर चर्चामा आउन खोजेका भोजपुरी र हिन्दी गायक गायिकालाई ओजरिजनल गीत सुनेकाहरुले युटुवमार्फत नै यो नेपाली गीतको मेलोडि भएको जानकारी गराउँदा पनि वेवास्था गरेको देखिन्छ भने नेपालको कानुनले कसैले प्रतिलिपि अधिकारको हनन गरेमा क्षतिपुर्ति सहित जेल सजायको समेत ब्यबस्था गरेको भएपनि नयाँ सिर्जनाका रुपमा राखिएको यी दुबै गीतका बारेमा यु ट्यूव मा प्रतिलिपी अधिकार हननका बारेमा उजुरी गरेपनि सुनुवाई नभएको गायक शिव परियारले जानकारी दिएका छन ।

प्रतिक्रिया