अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०५ | Colorodo: 23:20

चलचित्र ‘ऐश्वर्य’को सुरुवाती व्यापार आक्रामक

बिआरटीनेपाल २०७४ कार्तिक १० गते ५:५५ मा प्रकाशित

कार्तिक ९ अर्थात् छठ पर्व देखि झन्डै एक सय हममा रिलिज भएको फिल्म ’ऐश्वर्य’ ले सुरुवाती व्यापार आक्रामक गरेको छ । कलाकारको रूपमा लामो समय विताएका रमेश उप्रेतीको निर्माणमा डेब्यु रहेको फिल्मलाई दर्शकले रुचाएका छन् । बिहीबार नै प्रदर्शनमा आएको फिल्मलाई बिहानी सो मा ८० देखि ९० प्रतिशत अकुपेन्सी मिलेको थियो भने त्यसपछिको सो मल्टिप्लेक्सका हल क्युएफएक्स, बिग मुभिज, क्युज सिनेमा, एफक्युब लगायत गोपी कृष्ण, गुण सिनेमा, अष्टनारायण पिक्चर्स लगायत मोफसलको मुख्य स्टेसन पोखरा, नारायणगढ, हेटौडा र पूर्वका स्टेसनमा हाउसफुल भएको थियो ।

वितरक डिसीएनले दिएको जानकारी अनुसार फिल्मले उपत्यकामा २८ लाख ८६ हजार १०७ रुपैयाको ग्रस कलेक्सन गरेको छ भने मोफसलमा १९ लाख ३० हजार ५७५ को व्यापार गर्न सफल भएको छ । पहिलो दिनको टोटल ग्रस कलेक्सन ४८ लाख १६ हजार ६ सय ८२ गरेको छ । राजधनीमा आयोजित प्रेस सो मा यसलाई अधिकांशले रुचाएका छन् ।

विशेष गरी यसको मेकिङको चर्चा निकै भएको छ भने फिल्ममा बोलिएको संवादले पनि दर्शकको ताली पाएको छ । आयोजित प्रेस सो मार्फत फिल्मका भिलेन प्रशान्त ताम्राकार अभिनेत्री केकी अधिकारी र डेब्यु गर्ल दीपिका प्रसाईंले सबैको बधाई पाए । रमेशले पनि अघिल्ला फिल्म भन्दा राम्रो गरेको प्रतिक्रिया बटुलेका छन् तर दर्शकका लागि फ्रेस प्रशान्तनै केन्द्रविन्दुमा रहे । 

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा केकी, रमेश, प्रशान्त र दीपिकासंगै विकास खतिवडा, अर्जुन श्रेष्ठ, अमित पोखरेल, निर्मल शर्मा, केशव भट्टराई, अर्जुन जङ्ग शाही लगायतको अभिनय रहेको छ । सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत तथा शब्द रहेको तिमि रोएको पल गीतले पछिल्लो समय फिल्मलाई चर्चामा ल्याएको छ । यस गीतमा स्वर सुगम पोखरेल र अन्जु पन्तको रहेको छ ।

रमेश उप्रेती ( फिल्मले आक्रामक सुरुवात गरेकोले खुसी भएको थिए नै साथै दर्शकले मन पराउनु भएपछि ढुक्क भए । मैले दर्शकले हेर्न चाहेको किसिमको फिल्म बनाएको महसुस भएको थियो , जसलाई रिलिज भएसंगै दर्शकले प्रस्ट्याईदिनु भयो । फिल्म हेरेपछि मलाइ अल नेपालबाट नै सकारात्मक प्रतिक्रिया आएको छ । फिल्मको मेकिङलाई निकै तारिफ मिलेको छ भने विषयवस्तुलाई पनि उतिकै रुचाउनु भएको छ । हामीले गरेको मेहनतलाई दर्शकले रुचाउनु भयो यसले मलाइ थप हौसला मिलेको छ । म आफै पनि दिनभर हलमा पुगेर दर्शकलाई भेटे प्रतिक्रिया लिए , यसैले पनि म यसरि ढुक्क भएर बोलिरहेको छु । 

प्रशान्त ताम्राकार म पहिलो दिन राजधानीको अधिकांश हलमा पुगे , जहाँ मसँगै सम्पूर्ण ऐश्वर्य टिमले दर्शकको माया पायौ । धेरै दर्शक टिकेट नपाएर फर्किनु भयो वा नेक्स्ट डेको टिकेट लिनु भयो । हामीले गरेको मेहनत यसरि सार्थक भएको देख्दा निकै हर्सित छौ , मलाइ हलमा राघव भनेर पनि बोलाउनु भयो जुन मैले ऐश्वर्यमा निर्वाह गरेको भूमिका हो । मैले यो क्यारेक्टरको लागि निकै मेहनत गरेको थिए , तौल पनि घटाएको थिए । त्यो सबै आज सार्थक भए जस्तो लागेको छ । दर्शकले मन पराएर सोसल साइट मार्फत पनि फिड ब्याक दिनु भएको छ भने म आफै पनि हलमा पुगिरहेको छु ।

दीपिका प्रसाईं ( मलाई डेब्यु फिल्ममै जसरि मन पराई दिनु भयो त्यसले थप हौसाएको छ । मलाइ टिमले गर्नु भएको विश्वास पनि आज सार्थक भएको छ । फिल्म हेरेर निस्किनु भएका दर्शकले मन परेको प्रतिक्रिया दिनु भएको छ । साथै दर्शकले दिनु भएको माया प्रति हामी ऐश्वर्य टिम नै आभारी छौ ।

केकी अधिकारी ( मैले पनि आज नै प्रेस सो मा फिल्म हेरे । दर्शकले फिल्मलाई मन पराउनु भयो निकै खुसी लागेको छ । फिल्म उच्च क्वालिटीको बनेको छ यसमा सायदै कसैको दुई मत होला अनि हामीले हलमा आएका दर्शकलाई कन्भिन्स गर्न सकेका छौ यो नै सफलता हो । मेरो अभिनयलाई जसरि मन पराउनु भएको छ निकै हर्षित छु । आफै पनि निर्मात्री बन्दैछु त्यसैले पनि दर्शकसंगै बसेर हेर्दा दर्शकको टेस्ट थप थाहा पाए । फिल्मले समय र पैसाको पूर्ण सदुपयोग गराउछ भनेर ढुक्क भएर भन्न सक्छु ।

दिवाकर भट्टराई ( चौथो फिल्ममा आइपुग्दा थप जिम्मेवारी महसुस भएको थियो , जसलाई दर्शकले दिनु भएको मायाले पुरा भएको महसुस गराएको छ । मेकिङलाई मन पराउनु भएको छ भने कथालाई पनि मन पराउनु भएको छ । हामीले स्थापित गरेका हरेक पात्रमा दर्शकले इन्जोय गर्नु भएको छ , दर्शकसंगै बसेर फिल्म हेर्दा झनै खुसी लाग्यो । फिल्मले पहिलो दिन नै झन्डै ५० लाख बराबरको ग्रस कलेक्सन गर्न सफल भएको छ यसले त हर्षित बनाएको छ नै दर्शकले फिल्म मन पराउनु भएको छ यसले झनै खुसी डबल भएको छ ।

फोटो:विनोद पोखरेल

प्रतिक्रिया