अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

चलचित्र ‘अमेरिका बोइज’को निर्माण घोषणा

बिआरटीनेपाल २०७४ असोज ३० गते १:०५ मा प्रकाशित

कमेडी जनरामा बन्ने चलचित्र ‘अमेरिका बोइज’को औपचारिक घोषणा गरिएको छ। आइतवार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको औपचारिक घोषणा गरिएको हो ।

यस अघि केहि चलचित्रमा सह निर्देशकको रुपमा कार्य गरेका र ओस्कार कलेजमा चलचित्र निर्देशनको औपचारिक शिक्षा प्राप्त गरेका प्रवेश पौडेलले ‘अमेरिका बोइज’लाइ निर्देशन गर्ने छन् । चलचित्रको छायांकन तिहारको लगत्तै सुरु हुनेछ ।

चलचित्रमा अर्पण थापा, सुनिल थापा, हरिहर शर्मा, सन्दिप क्षेत्री, कामेश्वर चौरासिया, श्रृष्टी कार्की लगायतका कलाकारहरुको अभिनय रहने छ।प्रकाश भुजेल र अनुप थापा कार्यकारी निर्माता रहेको चलचित्रको लागत दुई करोड रहने बताइएको छ । इन्द्र प्रसाद खरेल र डम्बर चन्द चलचित्रका निर्माता हुन् ।चलचित्रको कथा विवेक पाण्डेले लेखेका हुन् नाम‘अमेरिका बोइज’ भएपनि नेपालीहरुले देख्दै र भोग्दै आएको कथामा चलचित्र बन्न लागेको निर्दशकले कार्यक्रममा बताए ।

चलचित्रमा अलोक सुक्लाको छायांकन,निमेश श्रेष्ठको सम्पादन, दीपक आरजे र जयन जे वाइवाको संगीत,सुनिल क्षेत्रिको कोरियोग्राफी रहने छ। निर्माण युनिटका अनुसार चलचित्र आगामी बैशाख १४ गते बाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

 

प्रतिक्रिया