अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५१ | Colorodo: 03:06

सम्भोजको स्वरमा अष्ट्रेलियामा बन्यो ‘भन्नेले के-के भन्छन्’को रोमान्टिक भिडियो

बिआरटीनेपाल २०७४ असोज २३ गते २३:२० मा प्रकाशित

गायक सम्भोज मल्ल माया–प्रेमले भरिएको एउटा गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । ‘भन्नेले के के भन्छन्…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियोमा एउटा रमाइलो प्रेम प्रसंगलाई समेटिएको छ ।

गीतमा गायक मल्लकै शब्द तथा संगीत सुन्न सकिन्छ । मोहित मुनालले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।
मायाले जात, धर्म, पेसा, योग्यता, वर्ग केहि हेर्दैन । सा“चो मायाको सधै जित हुन्छ । त्यसैले सा“चो मायाको स्थान सधैं उच्च हुन्छ भन्ने भावनालाई म्युजिक भिडियोमा समेटिएको छ ।

अष्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा सृष्टि रोका तथा कबिन रानाले अभिनय गरेका छन् । भिडियोमा सृष्टि र कबिनको प्रेम प्रसंगलाई रोमाञ्चक शैलीमा चित्रण गरिएको छ । भिडियोमा कबिनले सृष्टिको घरमा काम गर्ने व्यक्तिको भूमिका निर्वाह गरेका छन् । कबिनको काम गर्ने शैली तथा गिटारवादनबाट सृष्टि लट्ठ पर्छिन् । केही समयपछि नै सृष्टि र कबिन एक–अर्कालाई प्रेम गर्न थाल्छन् । सृष्टिका बुवाले उनीहरुको प्रेमालाप देखेपछि कबिनलाई घरबाट निकालि दिन्छन् । यद्धपि सृष्टि र कबिनको सुखद मिलन भएरै छाड्छ । भिडियोमा कबिन र सृष्टिले व्यवसायिक कलाकारले झैं अभिनय गरेका छन् ।

मायाले कुनै युद्ध हारेको छैन, हरेक परिस्थितिमा मायाकै जीत हुन्छ भन्ने सन्देश बोकेको उक्त भिडियोको निर्देशन सुरेन फोटोग्राफीका नामले परिचित सुरेन श्रेष्ठले गरेका हुन् । भिडियोमा प्रस्तुत गरिएको कथावस्तुको लेखन पनि निर्देशक श्रेष्ठले नै गरेका हुन् । श्रेष्ठ पछिल्लो अवधिमा अष्ट्रेलियाबाट म्युजिक भिडियो निर्मँण तथा निर्देशनमा सक्रिय रह“दै आएका छन् ।

टेक बयलकोटीले उक्त भिडियो छायांकन गरेका हुन् भने प्रविण श्रेष्ठले भिडियोलाई सम्पादन गरेका हुन् । आफ्ना हरेक म्युजिक भिडियोलाई छोटा चलचित्रको झैं आभाष दिन सफल सुरेन फोटोग्रँफी तथा टिमको यो नवौं म्युजिक भिडियो हो ।

भरखरै काठमाडौंमा सम्पन्न ओएसनेपाल म्युजिक अवार्डमा पनि सुरेनले हुन्छ माया गीतको म्युजिक भिडियोबाट सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड समेत जितेका छन् । रघ जगजाली यो भिडियोका कोरियोग्राफ्रर हुन् ।

प्रतिक्रिया