अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५१ | Colorodo: 17:06

सिकागोमा “एनआरएन डे” मनाईदै

बिआरटीनेपाल २०७४ असोज १३ गते ४:२१ मा प्रकाशित

सिकागोल्याण्ड नेपाली कम्यूनिटी सेन्टरको लागि कोशेढुंगा” भन्ने नारा सहित यही अक्टूबर ७, २०१७ तारीकका दिन श्री राधेश्याम मन्दिर ब्लुमिंगडेल ईलिनोईमा (245 S Bloomingdale Rd., Bloomingdale, IL 60108 ) दिउसो १ बजेदेखि एनआरएन ईलिनोई च्याप्टरले “एनआरएन दिवस” मनाउने भएको छ ।

एनआरएन अमेरिकाका क्षेत्रीय उपाध्यक्ष उमा कार्की थापाको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त कार्यक्रममा एनआरएन ईलिनोई च्याप्टरको नयॉ कार्यालयको पनि समुद्घाटन गर्ने कार्यक्रम रहेको कुरा च्याप्टरका उपाध्यक्ष डिल्ली फुँयालले बताउनु भयो । सोही समारोहमा एनआरएन ईलिनोई च्याप्टरका बॉकी पदाधिकारीहरूको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिनुका साथै निबर्तमान कार्यकारी समितिलाई उनीहरूले ईलिनोई राज्यमा गरेका कार्यहरूको सम्मान स्वरूप “कदरपत्र सहित मायाको चिन्हो” प्रदान गरिनेछ ।

सो अवसरमा एनआरएन आईसीसी सदस्य धर्म भट्टराई, एनआरएन एनसीसी सचिव होमनाथ गौतम, एनआरएन एनसीसीका बोर्ड अफ डायरेक्टर्सद्वय गोपेन्द्र भट्टराई (ईन्डियाना), प्रीति सागर खत्री (केन्टुकी) लगायत छिमेकी राज्यहरू वीस्कानसन, आयोवा, ईन्डियाना तथा मिचिगन लगायत अन्य छिमेकी राज्यहरूका एनआरएन च्याप्टर सभापतिहरू, प्रतिनिधिहरूको पनि उपस्थिति रहनेछ । सो अवसरमा आउने समर मौसममा आयोजना गर्न लागिएको महत्वकॉक्षी “पहिलो ईन्टर स्टेट एनआरएन खेलकुद प्रतियोगिता” को बारेमा विस्तृत छलफल गरिनुका साथै स्थानीय सङ्घ संस्थाहरूको प्रतिनिधिहरूको उपस्थितिमा सिकागोल्याण्ड नेपाली कम्यूनिटी सेन्टरको औचित्य, सम्भावना, यसका चुनौतीहरूको साथै भावी कार्य योजनाको बारेमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।

सो कार्यक्रममा ईलिनोई च्याप्टरका कोषाध्यक्ष ललन देवले “ईलिनोई एनआरएन आकस्मिक कोष” को आवश्यकता र औचित्यको बारेमा कार्यपत्र प्रस्तुत गर्नु हुनेछ भने युवा संयोजक शङ्कर मगरले “पहिलो ईन्टर स्टेट एनआरएन खेलकुद प्रतियोगिता” को तैयारीको बारेमा जानकारी गराउनु हुनेछ।

उक्त अवसरमा एनआरएन अभियन्ता एवं सिकागो लायन्स क्लबका सभापति रमाकान्त खरेलले “आजको सन्दर्भमा एनआरएनको भूमिका” विषयमा प्रकाश पार्नुहुनेछ। एनआरएन च्याप्टर सभापति सत्य नारायण चौंधरीको अध्यक्षतामा हुन लागेको सो कार्यक्रममा निम्न बक्ताहरूले निम्न विषयमा आफ्नो कार्यपत्रहरू प्रस्तुत गर्नुहुनेछ:

१. सिकागोल्याण्ड कम्यूनिटी सेन्टरको अवधारणा : सत्य नारायण चौंधरी, सभापति एनआरएन ईलिनोई च्याप्टर
२. सिकागोल्याण्ड कम्युनिटी सेन्टरको स्वरूप: ईन्द्रकान्त चौधरी, सभापति, सिकागोल्याण्ड थारू सोसाइटी
३. सिकागोल्याण्ड कम्यूनिटी सेन्टरको बारेमा विगतमा भएका प्रयासहरू: डा. विष्णु फुँयाल, अध्यक्ष, नेपाली अमेरिकन सेन्टर
४. सिकागोल्याण्ड कम्यूनिटी सेन्टरका सम्भावनाहरू: उदय महर्जन, अध्यक्ष, नेवा अमेरिकन सोसाइटी
५. सिकागोल्यण्ड कम्यूनिटी सेन्टरका चुनौतीहरू: रामकृष्ण साह, अध्यक्ष, सिकागो नेपाली तराईयन सोसाइटी
६. सिकागोल्याण्ड कम्युनिटी सेन्टर स्थापनामा स्थानीय संघसंस्थाहरूको भूमिका: टेकराज पौडेल, अध्यक्ष, सिकागोल्याण्ड नेपाली फ्रैण्डसीप सोसाइटी
७. सिकागोल्याण्ड नेपाली कम्यूनिटी र यसका आर्थिक पक्ष: बाला घिमिरे, अध्यक्ष, एन्मा, नेपाल सरकारका पर्यटन दूत तथा एनआरएन आईसीसी, परोपकार उपसमिति सहसंयोजक
८. सिकागोल्याण्ड नेपाली कम्युनिस्ट सेन्टरको भावी योजना तथा कार्यनीतिहरू: सुमन बस्ती: पूर्व अध्यक्ष, एनआरएन, ईलिनोई च्याप्टर

सो अवसरमा प्रमुख अतिथि तथा एनआरएन अमेरिका उपसभापति उमा कार्की थापाले एनआरएन अमेरिकाको “हेल्प डेस्कको अवधारणा” शीर्षकमा कार्यपत्र सहित आफ्नो मन्तव्य राख्नुहुनेछ। ईलिनोई राज्यमा बसोबास गर्नुहुने सम्पूर्ण एनआरएन हरूलाई सो कार्यक्रममा उपस्थितिको लागि अनुरोध गरिएको कुरा च्याप्टर उपसभापति एवं सो ‘एनआरएन डे’ कार्यक्रमका संयोजक फुँयालले बताउनुभयो ।

प्रतिक्रिया