अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

चलचित्र ‘आफ्नो त लकै खराब’ निर्माण घोषणा

बिआरटीनेपाल २०७४ भदौ २९ गते १३:२४ मा प्रकाशित

 

केही काम बिग्रियो, आटेको काम बनेन वा जीवनमा केही अशुभ भयो, भने आममानिसले झट् उच्चारण गर्ने केही शब्द छन् । ति मध्यको एक ‘लकै खराब छ’ पनि हो ।  यहि ‘लकै खराब छ’ शब्दबाट नाम राखेर चलचित्र बन्ने भएको छ । निर्माता अनोज अधिकारीले यो नामबाट चलचित्र बनाउन लागेका हुन् ।

‘ब्ल्याक डायरी’बाट निर्माणमा देखिएका अधिकारीले दोस्रो चलचित्रको रुपमा ‘’आफ्नो त लकै खराब’ बनाउन लागेका हुन् ।  एक आस्टिक स्टुडियो नक्सालमा चलचित्रको टाइटल गीत ‘लकै खराब छ‘ रेकडिङ गर्दै चलचित्रको काम सुरु गरिएको छ । प्रमोद ढुंगानाको शब्द, मनोज चौलागाइको संगीत रहेको चलचित्रको टाइटल गीत गायक कौसल राज खड्काको स्वर दिएका छन् ।

क्याट भिजन प्रालीको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा ४ गीत रहने संगीतकार चौलागाइले जानकारी दिए ।

कमेडी शैलीमा युवाको बिषयबस्तुमा निर्माण हुन लागेको यो चलचित्र सुजन घिमिरेले निर्देशन गर्दैछन् । चलचित्रको लागि कुमार गजुरेल कलाकारको रुपमा फाइनल भएको र अन्य छनौटको क्रममा रहेको निर्माता अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार चलचित्रको दशै तिहार पछि मात्र छायाँकन थालिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू