अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५२ | Colorodo: 19:07

दीपक पाठकको ‘आँखैमा हो राखौं कि’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७४ भदौ २० गते १५:०७ मा प्रकाशित

‘आँखैमा हो राखौं कि…’ भन्दै आएका छन् दीपक पाठक । पहिलो एल्वम ‘म आकाश भएको हुन्छु’ बाट दर्शक–स्रोताको मन जित्न सफल दीपक पाठकको दोस्रो एल्वम स्टेप वानमा समावेश आँखैमा हो राखौं कि लिएर आएका हुन् ।

स्टेप वानमा रहेका गीत मध्ये ‘माकुरीले जाल बुने जसरी…’को भिडियो केही दिनअघि सार्वजनिक भएको थियो भने ‘आँखैमा हो राखौं कि…’को भिडियो हालै सार्वजनिक भएको हो । ‘आँखैमा हो राखौं कि…’ गीतमा शब्द र सङ्गीत पनि दीपक पाठककै छ । गीतमा सङ्गीत संयोजन चन्दु गोर्खालीको छ ।

‘आँखैमा हो राखौं कि…’को भिडियोमा पुष्प खड्का र वर्षा सिवाकोटीको अभिनय छ । राम श्रेष्ठ र निरज कँडेलले खिचेको यो गीतको भिडियोमा दिपक सिंहको कोरियोग्राफी छ । अनिल कुमार महर्जनले सम्पादन गरको यो भिडियोलाई सुमन घिमिरेले निर्देशन गरेका छन् ।
विगत २५ वर्ष देखि नेपाली साङ्गीतिक क्षेत्रमा रहेका दीपकले थुप्रै कलेक्नस एल्वमहरुमा स्वर दिएका छन् भने चलचित्र गीत पनि गाएका छन् ।

प्रतिक्रिया