अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०० | Colorodo: 22:15

मिस पूर्वाञ्चलका सहभागीलाई हस्पिटालिटिको प्रशिक्षण

बिआरटीनेपाल २०७४ भदौ १९ गते १४:२३ मा प्रकाशित

धरान । मिस पूर्वाञ्चलका सहभागीहरुलाई सोमबार हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा जानकारी गराउने उद्देश्यले एक दिने प्रशिक्षण दिइएको छ ।

धरान इन्टरनेशनल कलेज अफ होटेल म्यानेजेमन्टका सिइओ तथा प्राध्यापक लोकेन्द्र श्रेष्ठले मिस पूर्वाञ्चलका सहभागीहरुलाई हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा एक दिने प्रशिक्षण दिएका थिए । उनले डाइनिङमा बसेर खाने तरिकादेखि लिएर, शरीरलाई मेनटेन गर्न चाहिने खानाका मात्रा, ब्लालेन्स डाइट, फुड पोइजनिङ सम्बन्धी सिकाएका थिए । उनले कलेजको प्रयोगशालामा सहभागीहरुलाई व्यवहारिक शिक्षा (प्राक्टिकल) समेत दिएका थिए ।

मिस पूर्वाञ्चलको आयोजक सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठका अनुसार हस्पिटालिटिको प्रशिक्षणमा सहभागीहरुलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा पर्फमेन्स गर्ने तरिका समेत जानकारी गराइएको बताए । सोमबारै भएको अर्काे प्रशिक्षण भने युरेका स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङले प्रतियोगितामा आफूलाई कसरी अब्बल बनाउने र अन्य भन्दा आफू कसरी ट्यालेन्ट हुने भन्ने विषयमा प्रशिक्षण समेत दिएका थिए । 

प्रतिक्रिया