अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

लंगआइल्याण्डमा हरितालिका तिजको कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ भदौ ८ गते ७:०० मा प्रकाशित

यही अगष्ट २३,२०१७ मा लंगआइल्याण्ड नेपाली समाज न्यु योर्कद्वारा आयोजना गरिएको हरितालिका तिजको कार्यक्रम समाजका अध्यक्ष टिका ढकालको अध्यक्षमा सम्पन्न भएको छ | कार्यक्रमका प्रमुख अतिथि नेपाली वाणिज्य दुत श्री पुष्पराज भट्टराई, समाजका सल्लाकारहरु परमानन्द खनाल, दुर्गेश कार्की, शिव खनाल, नेपाल जनसम्पर्क समिति च्याप्टरका अध्यक्ष विश्व वास्तोला, उपाध्यक्ष विनोद थापा, एन आर एन अमेरिका सचिवका प्रत्यासित उमेद्वार होमनाथ गौतम पिपलमणि सिग्देल गुरुले शुभकामना दिएका थिए |

समाजसेवी अर्जुन मैनालीले समाजको सभागिता रहेको N&J Entertainment ले आयोजना गरेको Talent Show डान्समा प्रथम हुने रमिला सुबेदी, सुचारु सुबेदी र क्रिस्टिना दाहाललाई प्रमाण पत्र प्रदान गरेका थिए ।

हिन्दुहरूको महान् चाड तिजको अवसरमा विदेशमा बसेर पनि नेपालमा झैँ रातो साडि, तिल्लारी, गरगहनमा सजिएर नेपाली तिजका गीतका धुनमा छमछमी नाच्न पाउँदा महिला दिदी बहिनीहरू ज्यादै नै खुसी थिए । नेपाल मै भएको महसुस भएको प्रत्तिक्रिया पनि दिनु भएको थियो । उक्त कार्यक्रममा चेलिवेटीमात्र नभैकन पुरुषहरू पनि वाक्लै उपस्थिति थियो ।

कार्यक्रममा समाजका अध्यक्षले तिजको शुभ-कामना साथै सम्पुण लंग आईल्याड वासीलाई विशेष गरी स्थानीय सरकार “टाउन अफ हेमस्टेट, महाराज फुड मार्केटलाई सहयोगको लागि धन्यवाद दिनु भएको थियो । कार्यक्रमलाई सफल बनाउन सम्पुण लंगआइल्याण्ड बासीको अमूल्य समय र साथको सधैँ आवश्यकता भएको र समाजले जुनसुकै परिस्थितिमा पनि लंग आइल्याण्डबासीबाट सहयोग, सुझाव पाएको र निरन्तर पाइरहने कुरामा बिस्वस्थ रहेको कुरा व्यक्त गर्नु भएको थियो |

लंगआइल्यान नेपाली समाजका उपाध्यक्ष थापा र समाजका महा सचिव राजन गौलीद्वारा कार्यक्रम संन्चालन गरिएको थियो ।

प्रतिक्रिया