अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०१ | Colorodo: 00:16

एन.आर.एन. अमेरिका सह–कोषाध्यक्ष पदका उम्मेदवार विश्वमान आङ्गदेम्बेका १२ बुँदे प्रतिवद्धता

बिआरटीनेपाल २०७४ साउन २२ गते २२:३१ मा प्रकाशित

अबको एन.आर.एन: हाम्रो एन.आर.एन, राम्रो एन.आर.एन

“सबैको एन.आर.एन., समृद्द एन.आर.एन., विधिको एन.आर.एन., दिगो एन.आर.एन.”

 

 

 

विगत २ वर्षमा “एन.आर.एन. अमेरिका” मा धेरै उतार-चढाव भए I तत्कालिन बोर्ड बिरुद्ध अमेरिकी कोर्टमा मुद्दा देखि मतदाता नवीकरण/सदस्यताको म्याद बढाउने देखि “बाइ-लज” सम्बन्धि न्यायिक आयोगको कानूनी विस्लेषण र परामर्श बेवास्ता गर्ने देखि “स्टेट च्याप्टर” हरुको चरम असन्तुष्टि सम्मको एक पछि अर्को समस्यामा यो बोर्ड डोरियो I २०१५-१७ को कार्यकाल निक्कै विवाद र संकटले ग्रस्त रहयोI अन्तत: नयाँ कार्यकाल २०१७-१९को लागि प्रत्याशी गौरी जोशीको उम्मेद्वारीको विषय यो कार्यकालको विवादको चरमोत्कर्ष नै भयो I संसारभरिका ७५ राष्ट्रका “एन.आर.एन च्याप्टर” हरुको छाता संगठन “एन.आर.एन. आइ.सी.सी.” को ३-सदस्यीय “विशेष कार्यदल” को “निर्णय” नकुरी आफ्नो मनोखुसि “अन्तिम नामावली” प्रकाशित गर्ने “निर्वाचन आयोग” को यस्तो कार्यले आम एन.आर.एन हरुमा “निर्वाचन आयोग” को “कार्यकुशलता, सक्षमता, र निस्पक्षता” मै “गम्भीर” शंका उत्पन्न भयो I पहिलो इमेलमा “गौरी जोशीको उम्मेद्वारीको योग्यताको प्रमाण पुगेको” अनि केहि दिनमै अर्को इमेलमा “गौरी जोशीको उम्मेदवारीको योग्यताको प्रमाण नपुगेको” जस्तो “बोली परिवर्तन गर्ने” “निर्वाचन आयोग” कुनै “विशेष समूह/व्यक्ति” को स्वार्थवात निर्देशित भएको प्रशस्त शंका उब्जियो I

अहिले आम एन.आर.एन सदस्यमाझ एउतै अहम प्रश्न छ: “के अबको दुई वर्ष पनि यस्तै विवादै-विवाद उत्पन्न गर्ने नेतृत्व निर्वाचित गर्न चाहनुहुन्छ?” होइन भने, एक चोटी नयाँ अनुहारलाई पक्कै मौका दिनु पर्छ I “टिम गौरी” लाई एक चोटी सबै एन.आर.एन ले विश्वास गर्नु पर्छ I अब कुरा भन्दा काम बढी गरेर देखाउने बेला आएको छ I “एन.आर.एन. अमेरिका” को गिरेको साख उठाउने बेला आएको छ I म आफै “टिम गौरी” मा “स्टेट च्याप्टरहरुको” आवाज बोकेर “सह-कोषाध्यक्ष” मा लड्दै छुI मेरो चुनावी घोषणापत्र अनुसार अबको “नयाँ बोर्डले” निम्न कुराहरुलाई प्राथमिकतामा राखी काम गर्नुपर्छ I संस्थालाई कुरा भन्दा ठोस काम, विवाद भन्दा वार्ता र समाधान, तथा मन-मुटाव भन्दा भIईचारापनलाई प्रश्रय दिई अगाडी बढ्नुपर्नेछI व्यक्ति र समूहभन्दा संस्था र नेपाली समुदायलाई मस्तिष्क र हृदयमा राखी काम गर्नुपर्नेछI

 

१. एन. आर. एन. सदस्यता कार्ड:
दु:खको कुरा हो, अहिले सम्म अमेरिकावासी एन.आर.एन.ए. सदस्यहरुले एउटा “एन.आर.एन. सदस्यता परिचय-पत्र” समेत पाएका छैनन् I अबको बोर्डले पहिलो काम भनेको निर्वाचित भएको पहिले ६ महिनामै १५,००० भन्दा बढी एन.आर.एन. हरुलाई “साधारण सदस्य” कार्ड तथा करिब ५०० एन.आर.एन. हरुलाई “जीवन सदस्य” कार्ड वितरण गर्नु पर्नेछI यसो गर्दा परिचय पत्रलाई नै “मतदाता परिचय पत्र” मानी मतदान सम्बन्धि धेरै विवाद सुल्झिञ्छ I आम सदस्यमा पनि एउटा सदस्यताको प्रमाण रहन्छ I

२. राष्ट्रिय बोर्ड र स्टेट च्याप्टरहरुवीचको सुमधुर सम्वन्ध:
अमेरिकामा हाल रहेका १५ वटै र पछि थपिने सबै स्टेट च्याप्टरहरुसँग हाम्रो समूहको बोर्डले नितान्त भिन्न किसिमले सम्वन्ध राख्नुपर्नेछ I अहिलेको “टप-डाउन” को साटो “बटम-अप” अप्रोचलाई अगाडी सार्नुपर्नेछ I स्टेटसँग सम्वन्धित वा स्टेटमा कुनै पनि कार्यक्रम गर्नु पर्दा सम्वन्धित स्टेट च्याप्टरलाई प्राथमिकतामा राखी स्टेट च्याप्टरसँग सहकार्य गर्नुपर्नेछI स्टेट च्याप्टरहरुसँगको समस्या तथा स्थिति बुझ्न साथै बोर्डका कार्यक्रम र काम-कार्यवाही बारे स्थानीय तहको विचार र सुझाव लिन कम्तिमा मासिक १ चोटी स्टेट च्याप्टरहरुसँग बोर्डको मिटिंग राख्दा बेश हुन्छI र, बोर्डका कार्यक्रम सिमित स्टेट र सहरहरुमा मात्र नभई सन्तुलित हिसाबले अमेरिकाको चारै कुनामा राख्दा एन.आर.एन को बिस्तार झनै हुनेछI

३. कुल २५ वटा स्टेटहरुमा च्याप्टरको विस्तार:
अहिले १५ वटा स्टेटमा च्याप्टर रहेकोमा थप १० वटा स्टेटहरुमा च्याप्टरको विस्तार गर्न कुनै कसर बाँकी नराखी पहल गर्नुपर्नेछ I एन.आर.एन अमेरिकाको वास्तविक खम्बा भनेकै “स्टेट च्याप्टर” हरु हुन् I

४. युवा तथा विद्यार्थीहरुलाई सिप, सम्पर्क, तथा रोजगार तालिम:
युवाहरु हाम्रो समुदायका धरोहर हुन् I युवाहरुमा एन.आर. एन. ए. ले लगानी गर्नुपर्छ I युवाहरुको लागि अबको बोर्डले “बिशेष कार्यक्रम” ल्याउनु पर्नेछ I ५०० भन्दा बढी युवाहरुलाई रोजगारी सिर्जना गरिदिने तथा २ वर्षमा १०,००० भन्दा बढी युवा तथा विद्यार्थीहरुलाई एउटा छुट्टै “अनलाइन पोर्टल” मार्फत विभिन्न “वौद्धिक, प्राज्ञिक, तथा प्रोफेसनल” हरुको “नेटवर्क तथा सहयोग” दिलाउनु पर्नेछ I

५. दोहोरो नागरिकता सम्वन्धि नीति-नियम तथा कानूनहरुको निर्माण:
नेपालको संविधान २०७२ले एन.आर. एन. ए हरुलाई दोहोरो नागरिकताको अधिकार प्रदान गरे पनि कानून भने बनिनसकेको अवस्थामा अमेरिकाका वरिस्ठ नेपाली अधिवक्ता आदरणीय डा. खगेन्द्र जी. सी. ज्यूको संयोजनमा भैरहेको निरन्तरको नेपाल सरकारलाई पहल गर्ने कामलाई नयाँ बोर्डले पूर्ण सहयोग र अझ पहल बढाउनु पर्नेछI जतिसक्दो चांडो कानून बनाउन निरन्तरको “फलो-अप” र “झक-झाक्याई” गर्नुपर्नेछ I

६. नेपाल लगानीमा दोहोर करको उन्मूलन:
दक्षिण एसियाको मात्र ३ राष्ट्रसंग अमेरिकाको दोहोरो कर उन्मूलन गर्ने सन्धि भएको छैन जसमा नेपाल पनि पर्दछ I जसको कारणले अमेरिकावासी नेपालीहरुले नेपालमा लगानी गर्दा “नाफामा” नेपालमा २५% र अमेरिकामा सरदर  ३५% जति कूल ६०% कर तिर्नु पर्दछ I हालको एन.आर.एन. अमेरिकाको “स्टेप” कमिटिको पहलमा अगाडी बढिरहेको यो “फलो-अप” कार्यलाई नयाँ बोर्डले अझ घनिभूत रूपमा अगाढी बधाई अबको २ वर्षमा “नेपाल-अमेरिका दोहोरो कर उन्मूलन सन्धि” गर्ने लक्ष्य बोकी काम गर्नु पर्नेछI

७. साना एन.आर.एन. लगानीकर्तालाई नेपालमा लगानीको अवसर:
अहिलेसम्मको संसारभरिबाट एन.आर.एन. को कूल २८ अर्ब जतिको नेपालमा लगानी रहेकोमा ९०% भन्दा बढी ठूला लगानीकर्ताको करोडौं र अर्बौंको लगानी रहेको देखिन्छा मध्यम र साना एन.आर.एन. लगानीकर्ता माथि त्यति ध्यान नपुगेको देखिन्छ I लाखौं लगानी गर्न सक्ने हज्जारौं-लाखौं एन.आर.एन. हरु छन् जो उचित “माध्यम” को अभावमा देशको लागि केहि लगानी गर्छु भन्दानि हात बाँधेर बस्न बाध्य छन् I अब नयाँ बोर्डले यो स्थितिलाई बदल्नु पर्नेछI अमेरिका र भविस्यमा संसारभरीबाट साना तथा मध्यम “खुद्रा” लगानीकर्ताहरुले पनि नेपालमा लगानी गर्न सक्ने माध्यामको विकाश गर्नु पर्नेछI त्यसको लागि मैले आफैले विगत १ वर्ष देखि “एन.एम.बि. क्यापिटल” र “नबिल इन्वेस्ट” का कार्यकारी अधिकृतसंग वार्ता गरिरहेको छु I “सानो लगानीमा ठूलो सामाजिक प्रभाव” र “दिगो नाफा” को दुइ आधारमा “दीगो लगानी” को वातावरण सिर्जना गर्न नयाँ बोर्डले निर्णायक पहल गर्नु पर्नेछ I

८. समावेसी एन.आर.एन.:
हाम्रो नयाँ एन.आर.एन. अनुभव, ग्यान, सीप, र क्षमताको कदर गर्दै विभिन्न जात-जाति, लिङ्ग, वर्ण, तराई-पहाड-हिमाल, दलित, जनजाति, मधेसी, महिला, सारीरिक र मानसिक रूपले असक्तको लागि अताउन सक्ने संस्था बन्नु पर्नेछ I

९. गुटबन्दी र राजनीतिक प्रभावको न्यूनीकरण:
एन.आर.एन.ए एउटा नितान्त “सामाजिक” संस्था हो I यो कुनै पनि राजनीतिक पार्टीको भात्री संगठन होइन र हुनु हुदैन I नयाँ बोर्डको पहल सदैब यसलाई गुटबन्दी र राजनीतिक प्रभाव बाट टाढा राख्ने हुनु पर्नेछI

१०. एन. आर. एन. हटलाइन:
आकस्मिक देखि नियमित विभिन्न समस्यमा परेका अमेरिकावासी नेपालीहरुको कानूनी परामर्श तथा उपचारको लागि एउटा एन. आर. एन. हटलाइनको व्यवस्था गर्नुपर्नेछ I

११. विभिन्न स्टेटहरुमा “नेपाली सामुदायिक भवन”:
विभिन्न स्टेटहरु, जसमा पनि “स्टेट च्याप्टर” भएकोमा, अबको बोर्डले सबै स्थानिय नेपालि संघ-संस्था र एन.आर.एन. स्टेट च्याप्टर संग सहकार्य गरी सबै नेपालीको एउटा साझा “सामुदायिक भवन” निर्माण गर्न सक्दो पहल र नेतृत्व गर्नुपर्नेछ I

१२. एन.आर.एन – रोटरी सामाजिक सहकार्य:
जुन २०१७ मा अत्लान्ता, जर्जियामा भएको “रोटरी विश्व सम्मेलन” मा आएका ३०० भन्दा बढी नेपाली रोतारियनहरुलाई एन.आर.एन जर्जिया च्याप्टरले नाग, नासा लगायत अरु स्थानीय संघ-संस्था संग मिलेर गरेको एउटा “रोटरी वेलकम दिनर” कार्यक्रम भयो जुन रोटरी इतिहासमै स्थानिय नेपाली संघ-संस्थाले गरेको पहिलो कार्यक्रम थियो I जापानका रोतारियन र “एन.आर.एन. आई.सी.सी” उपाध्यक्ष भवन भट्ट समेत सहभागी उक्त कार्यक्रम बाट बहुतै प्रभावित भई तत्कालिन रोटरी दिस्त्रिक्त ३२९२ (नेपाल-भुटान) का ‘दिस्त्रिक्त गवर्नर “जया शाह” र अहिलेका गवर्नर “संजय गिरि” ले “एन.आर.एन – रोटरी” मिलेर नेपालमा हुने कुनै पनि सामाजिक कार्य दैबी प्रकोप देखि शिक्षा सम्मको प्रोजेक्ट मिलेर गर्न सक्ने धाराणा अघि सार्नु भयो I अबको बोर्डले यो प्रस्तावलाई एउटा सुनौलो मौका मानि रोटरी संग सहकार्य गर्ने पहल गर्नु पर्नेछ I एन.आर.एन र रोटरी नेपालको इतिहासमा यो एउटा “कोशेढुंगा” साबित हुन सक्नेछI

 

 

विश्वमान आङ्गदेम्बे,
सह-कोषाध्यक्ष उम्मेदवार, एन.आर.एन.अमेरिका, २०१७-१९
MBA in Finance, पोर्टल्याण्ड स्टेट यूनिवर्सिटी, पोर्टल्याण्ड, ओरेगन

 

प्रतिक्रिया