अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 04:52

क्यालिफोर्नियाका ४ वटा नेपाली लायन्स क्लबको संयुक्त पदस्थापना भव्य रुपमा सम्पन्न

बिआरटीनेपाल २०७४ साउन १९ गते ५:१२ मा प्रकाशित

क्यालिफोर्निया को लायन्स डिस्ट्रिक ४ सी -३ मा रहेका ४ वटा नेपाली लायन्स कल्बहरुको संयुक्त पदस्थापना कार्यक्रम भव्यरुपमा यहि जुलाई ३० मा हेवार्ड स्थित एउटा पार्टी प्यालेसमा सम्पन्न भएको छ । नया नेतृत्व सम्हाल्ने क्लब र त्यसका अध्यक्षमा क्रमश लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णा मा कौशल जेबी राणा , फ्रिमंट सगरमाथामा गगण पाण्डे , बर्कली मकालुमा बिजय तन्डुकार र सानलियनड्रो मनकामनामा गोपाल बस्नेतलाई भूतपूर्व काउन्सिल चियर डेनी ग्रोट्रियनले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो।

कार्यक्रमको प्रमुख अतिथि तथा प्रमुख बक्ताको रुपमा डिस्ट्रिक ४ सी ३ का गभर्नर राजेन थापाले सबैलाई सुभकामना , बधाई दिदै आफ्नो कार्य कालमा केहि उल्लेखनीय सेवा गर्न समेत आग्रह गर्नु भयो। वहाले उपस्थित केहि लायन्सहरुलाई उल्लेखनीय सेवा र सहयोग पुर्याएबापत आफ्नो पीन , मायाको चिनो र पुरस्कार समेत प्रदान गर्नु भयो।

दुई चरणमा विभाजित कार्यक्रममा नेपाली सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो जसको संयोजन भर्खरै स्थापना भएको नया लायन्स क्लबका अध्यक्ष निर्मल फुयालले गर्नु भएको थियो। कार्यक्रममा बिभिन्न संघ संस्थाको प्रतिनिधिहरु लगायत नेपाली तथा अमेरिकी समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

हाल यस क्षेत्रमा आठ वटा नेपाली समुदायमा लायन्स क्लब स्थापना भइ सकेको छ भने “हामी  सेवा गर्छौं” भन्ने मूल मन्त्र बोकेको विश्वको सर्वाधिक ठुलो सामाजिक सस्था लायन्स क्लब  इन्टरन्यासनलको छाता मुनि रहेर नेपाली र स्थानिय समाजलाई रचनात्मक सेवा पुर्याउँदै  आएको लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णलेति सबै नेपाली क्लबहरुको प्रयाजोन गरेको हो। त्यसै गरि जुलाई महिनामै अन्तरास्ट्रिय सम्मेलन सकेर आए एता तीन वटा क्लबको सथापना भई सकेको जानकारी गभर्नर थापाले दिनु भयो जसमा , बर्क्ली लाली गुराँस , अल्बानि फोकस एकाउन्ट , सन्निभेल सगरमाथा रहेको छ।

    

कार्यक्रम लायन्स क्लबको ढाचा अनुसार गोबिन्दशाही र लीना पियाले संचालनगरेका थिए भने स्वागत मन्तब्य बर्क्ली अन्नपुर्णको तर्फबाट बिबेक श्रेष्ठले दिएका थिए।  त्यसपछि चार वटै लायन्स क्लबका निबर्तमान अध्यक्षज्युहरुले आफ्नो एक सालको कार्यक्रममा प्रकाश पार्दै आफ्नो क्लबको गतिविधिको प्रतिबेदन प्रस्तुत गरेका थिए। जसमा लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका मनिल बाबु श्रेष्ठ, फ्रिमंट सगरमाथाका सन्तोष गिरि र सान लियनड्रो मनकामनाका चन्द्र धितालले अफ्नो कार्यकालको बिवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा आफ्नो कार्यकालमा सहयोग गर्ने र बिभिन्न कार्यक्रमहरुलाई संयोजन गर्ने हरुलाई बर्क्ली अन्नपूर्णका तर्फबाट मनिल बाबु श्रेष्ठले सम्मान तथा प्रसंसा पत्र प्रदान गर्नु भयो।

हरेक बर्ष प्रदान गर्दै आएको ” Lion of the Year 2017 ” को उपाधि यस बर्ष क्लबका भूतपूर्व अध्यक्ष ध्रुब थापालाई दिइयो। त्यसै गरि बिभिन्न सेवा पदक र प्रसंसा पत्र हरु समेत कार्यक्रममा बिभिन्न बिसिष्ठ उपस्थित लायन नेतृत्वको हातबाट प्रदान गरियो। कार्यक्रममा हालै स्थापना भएको दुइवटा क्लबका अध्यक्षहरुलाई चार्टर सर्टिफिकेट गभर्नर थापाले प्रदान गर्नु भयो भने लाली गुराँसका संस्थापक अध्यक्षलाई मेल्बिन जोन कदर पत्रले सम्मान गरियो। दुई वटा क्लब स्थापना गर्न सहयोग पुर्याउने लायन्सहरुलाई अन्तरास्ट्रिय लायन्स क्लबले को तर्फबाट कदर पत्र र पिन लक्ष्मी चौधरी, डेनी ग्रोट्रियन र ध्रुब थापालाई प्रदान गरियो।

यस बर्षको कार्यकालमा नेपालमा धुर्मुस सुन्तली फाउन्डेसन, पबित्र सेवा समाज र स्थानीय नेपाली कम्युनिट सेन्टरलाई समेत संयुक्त क्लबहरुको तर्फबाट आर्थिक सहयोगरिएको थियो भने बिभिन्न समयमा गरिएको गतिविधिहरुमा हाई स्कुलका बिद्यार्थीहरु माझ तर्क प्रतियोगिता , चित्रकला प्रतियोगिता, रक्त दाङ कार्यक्रम, निसुल्क चिकित्सा सेवा, विभन्न भाषण र पार्लियामेन्टरि तौर तरिकाको तालिम , बृहत खेलकुद को आयोजना , मकालु डान्स एकडेमी को स्थापना तथा संचालन , अन्तरास्ट्रिय तथा क्षेत्रीय सम्मेलनहरुमा प्रतिनिधित्व लगायत बिबिध सेवा मुलक कार्यक्रमको आयोजना गरेको थियो।

कार्यक्रममा नव निर्वाचित चारै जना अध्यक्षहरुले आफ्नो भाबी योजना र कार्यक्रमको बिवरण दिदै सबैलाई साथ् र सहयोगको अपेक्षा गर्दै क्रमश लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णामा कौशल जबरा राणा , फ्रिमंट सगरमाथामा गगण पाण्डे , बर्कली मकालुमा बिजय तन्डुकार र सानलियनड्रो मनकामनामा गोपाल बस्नेतले आ आफ्नो मन्तब्य राख्नु भएको थियो रहनु । कार्यक्रममा प्रमुख अथिति र पदस्थापना अधिकृत दुवै जनालाई संयुक्त क्लबहरुको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।  कार्यक्रमको अन्तमा कार्यक्रम संयोजकको तर्फबाट बर्क्ली मकलुकी उपाध्यक्षा गोपी लामाले उपथित सबैलाई बिसेष धन्यबाद दिदै सबैलाई यस गरिमामय ऐतिहासिक कार्यक्रम सफल गर्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो।

(फोटो केडित : ध्रुव कुवंर / गोबिन्द शाही)

प्रतिक्रिया