अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२६ | Colorodo: 10:41

ब्रबिम शेर्माको ‘तिमी विना एक्लै’ भिडियो सहित सार्वजनिक

बिआरटीनेपाल २०७४ साउन १८ गते ७:३० मा प्रकाशित

नगेन्दमणि न्यौपाने, दमक , लिम्बु भाषाका चर्चित लोकगायक ब्रबिम शेर्माको स्वर तथा संगीतमा रहेको “तिमी विना एक्लै” बोलको नयाँ नेपाली गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ । यो गीतको म्युजिक भिडियोलाई युवटयुव मार्फत एबि किराँती म्युजिकले यसै साता बजारमा सार्वजानिक गरेको हो ।

प्रबिन खतिवडा र आसा सुहाङको मुख्य भुमिका रहेको यो गीतको म्युजिक भिडियोलाई रवि शेर्माले निर्देशन गरेका छन । लक्ष्मि पालुङवाको शब्द रहेको यो गीतमा नव विवाहित युवा युवतिका विचमा जम्न नसकेको राम्रो सम्बन्धलाई चित्रण गरिएको छ । युवराज राईले छायाकंन गरेको यो गितको सम्पादन विज्ञान राईको रहेको छ ।

प्रतिक्रिया