अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

सिंगापुरमा लिम्बु गीत याम्पी लाजे ओ

बिआरटीनेपाल २०७४ असार ३१ गते ७:१० मा प्रकाशित

लिम्बु गीत गायनमा आफूलाई अगाडी ल्याउदै गरेका गायक सेमिहांग सिंगकको” याम्पी लाजे ओ “ बोलको लिबु भास को गीतको सिंगापुरमा छायाङ्कन भएको छ । सिंगापुरमा बस्दै आएका गायक सेमिहांग सिंगकले चाडै लिम्बु तथा नेपाली गीतहरुको अल्बम निकाल्ने तयारीमा छन् ।“च्याब्रुंगको आवाज “नामको कविता सङ्ग्रह निकालिसकेका गीतकार तथा साहित्यकार हाङ्पाल आङ्बुहाङले रचना तथा गायक सिंगककै सङ्गीत रहेको उक्त गीतको निर्देशन गायक सिंगक र गीतकार आङ्बुहाङको संयुक्त निर्देशनमा तयार भएको हो । सुभाश देवानको छाँयाङ्कनमा खिचिएको गीतको भिडियोमा स्थुङ्को खिम्दिङ, कविता पाहिम हाङ्सू आङ्बुहाङको अभिनय रहेको छ ।

देवान थापाले सम्पादन गरिरहेको भिडियो चाडै नै रिलिज हुने मोडल स्थुङ्को खिम्दिङले बताए । नेपालमा गायिका तथा नायिका विष्णु चेम्जोंग सँग एक गीतमासँगै अभिनय गरेका र गायिका रेश्मा सुनुवारको कोही भन्छ माया बोलको गीतको भिडियोमा अभिनय गरिसकेका अनुभवी स्थुङ्कोको अनुसार पूर्ण रूपमा सिंगापुरमा बनायिएको गीत याम्पी लाजे रहेको र चाडै अन्य गीत हरू पनि बनाइने उनले बताए । 

 

प्रतिक्रिया