अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१४ | Colorodo: 12:29

बेलायती गायक ‘जे शन’को प्रस्तुतीमा झुम्यो काठमाडौं मध्यरात सम्म

बिआरटीनेपाल २०७४ असार २९ गते २१:४५ मा प्रकाशित

बेलायतका चर्चित अँग्रेजी गायक जे शनले काठमाडौंबासीलाई आफ्ना गीत सँगीतबाट नचाएका छन् । मँगलबार बेलुका काठमाडौं आएका उनी बुधबार मध्यरातमा राजधानीको दरबारमार्ग स्थित ‘डेजा भु’ क्लबमा प्रस्तुत भएका थिए । उनले सो क्रममा काठमाडौंका चार हजार भन्दा बढी आफ्ना प्रसँसाकलाई दुई घन्टा नचाए ।
बेलुका ९ बजेदेखि उनका प्रसँसक उनकै गीतको डिजेईङमा करिब तीन घन्टासम्म जे शनको पर्खाईमा सो क्लबमा नाच्नमा व्यस्त रहे ।

उनी राती १२ बजे कार्यक्रममा प्रस्तुत भए । त्यसपछि उनले करिब दुई घन्टासम्म आफ्ना गीत सुनाएर दर्शकलाई नचाए । कार्यक्रममा पुर्व युवराज पारश शाह देखि सबै प्रकारका जे शनका दर्शकहरु सहभागी थिए ।

सो साँगीतिक साँझमा जे शनले मेक माई लभ…, स्टोलन…, डाउन डाउन…, आइ एम अल योर्स…, राईड इट…, डान्स विद यु…, स्टे…ह्वेर यु डु गो…, लाईक दिस लाईक द्याट…सहित आफ्ना डेढ दर्जन चर्चित गीतहरु गाएका थिए ।

युहान इन्टरनेशनलले ‘ब्लाक रिलिजन’ सँगीतिक श्रींखला अन्तर्गत जे शनलाई काठमाडौंमा प्रस्तुत गरेको हो । जे शन काठमाडौंमा आफ्ना कन्सर्ट सकेर बिहिबार दिउँसो अमेरिका फर्किएको कन्सर्ट आयोजक सँस्था युहान इन्टरनेशलन इभेन्ट्स प्रालिका प्रबन्ध निर्देशक सानु खानले बताए ।

 

प्रतिक्रिया