अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

रमेश संग्रौलाको संगीत र प्रकाश बटालाको स्वरमा ‘सिल्की कपाल’ बजारमा (भिडियो सहित)

बिआरटीनेपाल २०७४ असार २७ गते ३:३७ मा प्रकाशित

प्रकाश बटालाको शब्द र रमेश संग्रौलाको संगीतमा गीतकार बटालाकै आवाज रहेको ‘सिल्की कपाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। संगीतकार तथा गायक समेत रहेका रमेश संग्रौलाकै निर्देशनमा बनेको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन् भने संगीतकार तथा गायक संग्रौलाकै निर्देशनमा रविन शंकरको कोरियोग्राफीलाइ मुकेश हुमागाईंद्वारा छायांकन गरिएको भिडियोमा नायिका सरला थापाको साथमा कोरियोग्रफर समेत रहेका रविन शंकरकै आकर्षक अभिनय रहेको छ ।

एन एम भी प्रोडक्सन प्रा लिको प्रस्तुति रहेको भिडियो लाइ अनिल कुमार महर्जनले सम्पादन गरेका हुन् । हाल दक्षिण कोरियामा रहेका नव युवा गायक प्रकाश बटाला ३ बर्ष अघि रोजगारीको सिलसिलामा इपीएस मार्फत दक्षिण कोरिया पुगेका हुन् ।

भिडियोको गीतमा पूर्वको धार्मिक स्थल पाथीभरा र पश्चिमको उग्रतारालाई समेटिएको छ । दार्चुलाको अपि हिमाल र कैलालीको घोडाघोडी तालको समेत चर्चा गरिएको छ । यसका साथै गीतमा माया पिरतीका कुरा देखि लिएर सुदुरपश्चिमको ठुलो शहर धनगढीमा घरजम गर्ने सपना पनि बुनिएको छ ।

गायक बटालाका अनुसार म्युजिक भिडियो आफूले सोचेभन्दा पनि राम्रो बनेकोले गीतले स्रोता तथा दर्शकको सहजै मन जित्ने विश्वास व्यक्त गरेका छन् । म्युजिक भिडियोलाई दर्शकहरुले युट्युवमा सजिलै हेर्न सक्नेछन् ।

 

प्रतिक्रिया