अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

भर्जिनियामा ईनेप्लिज र रेडियो जिन्दगीको वार्षिक उत्सव सम्पन्न

बिआरटीनेपाल २०७४ असार ४ गते १५:५१ मा प्रकाशित

वासिङ्टन डिसी, १८ जुन २०१७ – अमेरिकाको भर्जिनियाबाट सञ्चालित ईनेप्लिज डट कम् र रेडियो जिन्दगीको संयुक्त बार्षिकोत्सब भब्यताकोसाथ सम्पन्न भएको छ। अमेरिकाका लागी महामहिम नेपाली राजदूत डा. अजुन कुमार कार्कीले ईनेप्लिज डट कमको लोगो भएको होर्डिंग बोर्ड अनाबरण गर्दै दुईवोटा ठुला ठुला केक् काटेर संयुक्त बार्षिकोत्सब ऊदघाटन गरे । राजधानी वासिङ्टन डिसी नजिकै भर्जिनियाको अर्लींग्टनमा आयोजित दुई सञ्चार माध्यमको संयुक्त बार्षिकोत्सबमा भर्जिनियाको मनासस सिटीमा सञ्चालित नेपाली भाषा कक्षाका बालबालिकाहरुले नेपाली राष्ट्रिय गान र प्रकृति देऊजाले अमेरिकाको राष्ट्रिय गान गाएका थिए। 

पेन्सिल्भानिया र म्यारिल्याण्ड राज्यका लागी नेपाल सरकारका अवैतनिक महाबाणिज्यदूत प्रेमराजा महत, अमेरिकामा पहिलो नेपाली ऊपमेयर किरण सिटौला, नेपाली चलचित्रकी नायिका झरना थापा, चलचित्र निर्देशक बन्नि प्रधान, भारतीय मूलका रेडियो जिन्दगीका स्टेसन म्यानेजर, एएनएका उपाध्यक्ष खगेन्द्र अधिकारी, महिला सङ्घ एंवा की अध्यक्ष विजया शाह र एनआरएन युएसए की उपाध्यक्ष तथा अध्यक्ष पद्की उम्मेदवार रबिना थापा समारोहका विशेष अतिथि थिए । नेपाल सरकारका अवैतनिक महाबाणिज्यदूत प्रेमराजा महत, एएनएका उपाध्यक्ष खगेन्द्र अधिकारी र नर्सेज एसोसिएसन सान की अध्यक्ष मंजु संग्रौलाले समारोहमा ईनेप्लिज डट कम् लाई कुल जम्मा सोर्हसय डलर आर्थिक सहयोग पनि गरे। 

अमेरिकामा रहेर पनि नेपाल र नेपालीको लागी शिर ठाडो गराउन सफल समाजका विभिन्न क्षेत्रमा अतुलनिय योगदान गरेका ब्यक्तित्वोहरुलाई राजदूत डा. कार्कीले कार्यक्रममा सम्मान गरे। अमेरिकामा चर्चित महिला अधिकारकर्मी डा. विष्णु माया परियार, भूकम्प पीडितलाई ८०० वोटा घर बनाईदिएका डा. मदन उप्रेती, भर्जिनियाका अन्तर्राष्ट्रिय कराते खेलाडी उज्ज्वल ठकुरी, भर्जिनियाका भारत्तोलक रूप कार्की, बाल्टिमोर कि १२ वर्षीय करांते खेलाडी कृषा कार्की, प्यारोडी कलाकार रतन सुबेदी, अमेरिका आउने पहिलो कलाकार ध्रुव वोन्त, भ्वाईस अफ अमेरिकामा योगदान गरे बापत प्रख्यात संचारकर्मी पूर्व सीएनएन मा कार्यरत एक मात्र नेपाली किरण छेत्री का पिता होम क्षेत्री, गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी रोहित तिमिल्सिना, सयुक्त राष्ट्र सङ्घको बिश्वो युवा सम्मेलन कि युवा सभापति जोली अमात्य, महिला सशक्तिकरणमा संयुक्त राष्ट्र सङ्घीय बिश्वो च्याम्पियन पद हाँसिल गर्न सफल अर्का नेपाली चेली चेली कन्चन अमात्य र अमेरिकामा पहिलो नेपाली उप मेयर किरण सिटौलालाई राजुद्त डा. कार्कीले सम्मान गरे । 

उक्त भव्य समारोहमा प्रमुख अतिथिको मन्तव्य राख्दै राजदूत डा. कार्कीले डिसीनेपालका खेम भट्टचन र बिश्वोराज थापा दुई जना मिडिया न्युज कभरेज गर्न अमेरिकाका हरेक राज्य पुग्ने गरेको देख्दा आफूलाई अचम्मै लागेको कुरा बताउँदै रेडियो जिन्दगी र ईनेप्लिज डटकम् लाई नेपाल सरकारको तर्फबाट बधाई दिए ।

ईनेप्लिज डटकम् का विजय थापाको स्वागत भाषण, रेडियो जिन्दगीका सरोज केसीद्वारा सञ्चालित उक्त कार्यक्रम ईनेप्लिजका अध्यक्ष बिश्वोराज थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको दोस्रो चरणमा प्रख्यात गायक यम बराल, गम्बु शेर्पा, दिनेश भण्डारी, सृजन ताम्राकार, गणेश पराजुली लगायतका कलाकारहरूको साङ्गीतिक प्रस्तुति सहितको नाचगान कार्यक्रम गरिएको थियो ।

डिसीनेपालका प्रबन्ध निर्देशक उमेश शर्मा न्यौपाने, खसोखास डटकम् का किशोर पन्थी, युएस नेपाल अनलाइनका प्रदिप परियार थापा, नेपालीपोस्टका गिरिश पोखरेल लगायतका संचारकर्मीहरु र विभिन्न सङ्घ संस्थाका पदाधिकारीहरू सहित सर्वसाधारण नेपालीहरूको उल्लेख्य उपस्थितिले शभाहल खचाखच भरिएको थियो ।

प्रतिक्रिया