अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

विक्रम क्षेत्रीको यो वर्ष लगन जुर्यो

बिआरटीनेपाल २०७४ जेठ ३१ गते १२:०३ मा प्रकाशित

२०४९ चैत्र ५ गते जन्म भई हाल भरतपुर महानगरपालिका वडा नं ९ सरदपुर बस्दै आउनु भएको स्थानीय लोक दोहोरी गायक विक्रम क्षेत्री विगत ३ वर्ष देखी लोक संकृतीको संरक्षण गर्नु पर्छ भन्दै लाग्नु भयो । स्थानीय गायक क्षेत्रीले छोटो समयमा नै आकाशको जुन, वतासै चल्यो, जुनी जुनी र लगन जुरेर भन्ने मौलिक पञ्चे बाजामा आफ्नै शब्द, लय, र स्वरमा सजाइएको गीत भर्खर मात्र सार्वजानिक गर्नु भएको हो । उक्त गीतमा गायिका देवी घर्तीमगरले स्वर दिनु भएको छ । सोही गीत मा विक्रमले आफ्नै बिहे को भिडियो पनि राखेको कुरा जानकारी गराउनु भयो । उक्त गीत सुनेर स्थानीय गायक विक्रम क्षेत्रीलाई हौसला किन नदिने ? हाम्रो लोक संस्कृतिको जगेर्नाको लागी उहाँको योगदानको कदर गर्दै धेरै भन्दा धेरै दर्शक र श्रोताले गीत लाई मन पराएर आगामी गितकोलागि सुझाव दिई सहयोग गर्ने वातावरण सृजना हामी सबैको कर्तव्य हो । जय गीत जय सङ्गीत

प्रतिक्रिया