अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

 कोलोराडोमा तुलसी दिवसलाई भब्य अभिनन्दन

नातिबाबु भट्ट, कोलोराडो २०७४ जेठ २८ गते ३:०६ मा प्रकाशित

साहित्य तथा संस्कृतीका धुरन्धर बिद्धान कवी तुलसी दिवसलाई कोलोराडोमा एक समारोह बिच भब्य अभिनन्दन गरिएको छ ।अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा शनीबार नेपाली लोक संस्कृतीका वरिष्ठ अभियान्ता एबं नेपाल प्रज्ञा प्रतिष्ठानका आजिवन सदस्य प्राध्यापक तुलसी दिवसलाई कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कबि कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधरणको उपस्थितीमा भब्य अभिनन्दन गरिएको हो । 

आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलल फुलको माला र खादा पहि¥याई कवि तुलसी दिवसलाई सम्मान पत्र प्रदानगरि सम्मान गरेका हुन् । अभिनन्दित दिवसले नेपाली भाषा साहित्य तथा संस्कृतीको क्षेत्रमा पु¥याएको योगदानको बारेमा साहित्यकार ज्ञानेन्द्र गदालले प्रकास पार्दै अभिनन्दन पत्र पढेर सुनाएका थिए ।

सोही समारोहमा दिवसलाई कार्यक्रममा उपस्थित संघ संस्थाका पदाधिकारी गन्यमान्यले फुलको गुच्छा, खादा पहि¥याई दिई सम्मान गरेका थिए । यसरी सम्मान गर्नेहरुमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्मा, बरिष्ठ गायक हिरण्य भोजपुरे, ब्लड डोनर्स अफ अमेरिकाका केन्द्रिय सदस्य भुषणलाल श्रेष्ठ रकि माउन्टेन फ्रेन्डस् अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, अन्तराष्ट्रिय कलाकार मञ्चका अध्यक्ष साबु गदाल रहेका थिए ।

त्यसैगरि अन्य संघ संस्थाहरुमा संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, नेवा खःलका अध्यक्ष प्रेमकाजी श्रेष्ठ, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, एनआरएनका कोलोराडोका कुमारजंग कार्कि, तमुधिका पूर्व अध्यक्ष रमेश गुरुङ, किरात राई सोसाईटी अफ अमेरिकाका पूर्व अध्यक्ष आकाश राई, थ्रोटन सिस्टर गु्रपकी आशा श्रेष्ठ, गायिकाहरु निर्मला श्रेष्ठ उर्मिला श्रेष्ठ, उषा किरण अधिकारी, लगायतका संघ संस्थाका प्रतिनिधी, गन्यमान्य, आयोजक संस्थाका पदाधिकारी तथा कबि, कवयत्रीहरु रहेका थिए ।  

आयोजक संस्थाका सदस्य श्याम श्रेष्ठले कार्यक्रमा उपस्थित सबैलाई स्वागत गरेका थिए भने, सदस्य धन पौडेलले कार्यक्रम संचालन गरेकी थिईन । सोही समारोहमा बरिष्ठ साहित्यकार तुलसी दिवस लगायत कार्यक्रममा उपस्थित अतिथीहरुद्धारा साहित्यकार केनी पाण्डेद्धारा लिखित अदर साईड अफ प्याराडाईस पुस्तकको लोकार्पण गरिएको थियो । कार्यक्रममा लोकार्पित कृती र लेखकको परिचय योगप्रसाद श्रेष्ठले गरेका थिए । कार्यक्रमको दोश्रो सत्रमा कबिता तथा साहित्य सृजना प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । यसमा झण्डै डेड दर्जन कवि कवयत्रीहरुले, आ–आºनो सृजना प्रस्तुत गरेका थिए ।  उनीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए ।  यसरी कवीता बाचन गर्नेहरुमा बरिष्ठ साहित्यकार तथा कवि तुलसी दिवस, पदम बिक, ज्ञानेन्द्र गदाल, कृष्ण मुरारी ढुङ्गेल, भुपेन्द्र महत, रमेश गुरुङ, हरीकुमार श्रेष्ठ, दामोदर लुईटेल, पुष्पराज पौडेल, आनन्द पौडेल, श्याम श्रेष्ठ, गौतम सागर राई, साबु गदाल, कुमारजंग कार्कि, ज्ञानेन्द्र काºले, यसोदा भट्ट लगायत रहेका थिए ।

मानिस भाग्यको खोजिमा संसारको जुनसुकै कुनामा बसेर, जस्तो सुकै सुःख र सुविधा उपभोग गरेपनि आनो भाषा सस्कृती, जन्मे हुर्केको देशको मायां ममता त्याग्न सक्दो रहेनछ भन्ने भाव यहां प्रष्ट देख्न सकिन्थ्यो । मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गर्दछ ।    

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू