अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१७ | Colorodo: 08:32

निखिल उप्रेतीको चलचित्र ‘कमिटमेण्ट’को शुभारम्भका लागि बलिउड कलाकारहरु नेपालमा

बिआरटीनेपाल २०७४ जेठ २३ गते ७:४७ मा प्रकाशित

एक्सन हिराको रुपमा नेपाली सिने क्षेत्रमा पहिचान बनाएका नायक निखिल उप्रेतीको चलचित्र ‘कमिटमेण्ट’को शुभारम्भ भएको छ । मंगलवार राजधानिकोे सन्खमुल स्थित राजु पेन्टर स्टुडियोमा बलिउड कलाकार पापा रन्जित, मनोज पवह निखिल उप्रती लगायतका कलाकारको उपस्थितीमा चलचित्र ‘कमिटमेण्ट’को औपचारिक छायाँकन गरि शुभारम्भ गरिएको हो ।

७० प्रतिशत भाषा ईन्डियन रहेको यो चलचित्रमा नेपाली भाषाको प्रयोग २० प्रतिशत र अंग्रजी भाषा १० प्रतिशत प्रयोग गरिएको छ । जसका कारण चलचित्र पुरै बलिउड चलचित्र जस्तो देखिने भएपछि उनका प्रंशशको चासोको बिषय बनेको छ चलचित्र ‘कमिटमेण्ट’ ।

चलचित्रमा निखिल नायकका रुपमा देखिनेछन् जसले नेपालबाट मुम्बई पुगेकी नेपाली चेलीलाई गुण्डाहरुको हातबाट छुटाएर नेपाल फिर्ता गर्नु छ । भारतिय बोर्डर पार गरेर चलचित्रकी नायीका अर्थात ति युवती नेपाल प्रवेश गरेपछि चलचित्रको कथा अन्त्य हुनेछ ।

चलचित्रमा नेपाली भाषाको प्रयोग नायक नायीका बिचको संवादमा मात्र हुने भएकाले यो बलिउड चलचित्र जस्तो पनि देखीने भएको छ । नायीका छनौट भै नसकेको यो चलचित्रमा अर्का कलाकार बिजय लामालाई पनि देख्न पाईनेछ । लामा नायीकाको पिताको भुमिकामा रहने छन् ।

मुम्बई, उत्तरप्रदेश, बिहार, नेपाल, थाईलेण्ड सिंगापुर लगायतका स्थानमा चलचित्र छायाँकन हुने भएपनि अधिकांश छायाँकन भारतमा, केही नेपालमा र थोरै मात्र, केही चलचित्रमा आवश्यक भाग थाईलेण्ड र सिंगापुरमा पनि छायाँकन हुने यो चलचित्रमा बलिउड कलाकार पापा रन्जित, अनन्त जोगे, स्याजी सिन्डे, मनोज पवह, अली, नान्सी लगायतको अभिनय रहने छ ।

केहि दिन अघि राजधानी स्थित नेपाली चुलोमा पत्रकार सम्मेलन गरि चलचित्र निर्माणको घोषणा गरेको कमिटमेण्ट टिमले चलचित्रको कथा अत्यन्त शशक्त र गहन भएको र कलिउड र हलिउड दुबै तर्फका स्थापित भै सकेका कालाकारको बाहुल्यता धेरै भएकाले पनि यो चलचित्र राम्रो बन्ने बताएका छन् ।

नेपाल बाहिरका कलाकारको अभिनय रहेकाले ति कलाकारहरुको आ आफ्नो भागको छायाँकन तोकिएको समयमा सकिने अर्थात पापा रन्जितको भुमिकाका सम्पुर्ण भागको छायाँकन सकेपछि स्याजी सिन्टेको सुरु हुनेर र स्याजीको सकेर मात्र न्यान्सीको भागको अभिनय छायाँकन हुने जानकारी नायक निखिल उप्रेतीले दिएका छन् ।

३ करोडको लगानिमा निर्माण गरिने बताईएको यो चलचित्रमा निखिल संग भारतको प्रमा ईन्टुमेण्टस् प्रालीको पनि सहकार्य रहको छ ।

फोटो सौजन्य: शैलेश पोखरेल

प्रतिक्रिया