अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४ | Colorodo: 04:39

‘मिस नेपाल-२०१७’ को धरान अडीसन सम्पन्न

बिआरटीनेपाल २०७३ चैत २९ गते ९:२४ मा प्रकाशित

मिस नेपाल -२०१७ को धरान अडिसन सम्पन्न भएको छ ।  धरान स्थित होटल नवयुगमा आयोजित मिस नेपाल २०१७ को अडीसनमा धरान र झापा बाट गरि १२ जना युवतीहरु अडिसनमा सहभागी थिए।

हिडेन ट्रेजरको आयोजनामा हरेक बर्ष आयोजना हुँदै आएको मिस नेपालको नयाँ संस्करणको लागि उत्कृष्ट प्रतियोगीहरु खोज्दै बिभिन्न सहरहरुमा अडिसन लिने क्रममा धरानमा लिईएको अडिसनबाट अघिल्लो बर्षपनि टप टेनमा पुग्न सफल अनिता कार्कीलाई काठमाडौं लगेकि मिस नेपालको अफिसियल कोरियोग्राफर तथा ट्रेनर रचना गुरुङ शर्माले यो बर्ष के – कति जना लाने हो त्यो भने काठमाडौं पुगेर छानिएकी युवतीहरुलाई काठमाडौं बोलाएपछि मात्र थाहा हुनेछ ।

५.४ इन्च अग्ली र प्लस २ पासको योग्यता चाहिने मिस नेपालको बिराटनगर अडिसन बिहिबार बिराटनगर स्थित होटल नमस्कारमा हुनेछ । अडिसन अघि बिहान धरान उच्च मा बि र डिपोट आदर्श उच्च मा बिका बिद्यार्थीहरु संग मिस नेपालबारे जानकारी दिएकी छन ।

प्रतिक्रिया