अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५६ | Colorodo: 08:11

थरी थरी नारी दिवस

राधा रिजाल २०७३ फागुन २५ गते १३:३९ मा प्रकाशित

व्रमाण्डको आधा आकाश छेक्ने
नारी जाती रे अनि
तेत्तिस प्रतिशत हक अधिकार
पनि छ रे
नारी छन् नारी दिवस पनि छ
र त आजको दिन नारीमय छ ।

बन्दै गरेको मेरो शरीर
सानो मस्तीष्क
साना साना हात खुट्टा
मेरो सानो इन्द्रियहरु
मेरो सानो जनेन्द्रीय पनि
सोच्छु एक दिन
साना साना हात खुट्टाले धर्ती छुन्छु
साना आखाँले संसार हेर्छु
बाबु आमाको काखमा रमाई
हुर्कन्छु ठूली हुन्छु
हत्तेरी… मेरो उमेर त बल्ल वाह् हप्ता पुगेछ
कहिले होला म जन्मने दिन
अपशोस…. सानो मानव आकृतिको
सानो प्रजनन अङ्ग इङ्कित गरी
कसैले विधुतीय उपकरण जडान गरी
यो त छोरी हो…….
त्यसपछि मेरा बन्दै गरेका
सारा अङ्ग प्रत्यङ्गहरु माथि
बाह्य शक्त्तिद्धारा धारीला साना
हतियार प्रयोग गरी
निर्मम, निर्घात वटारीयो
तानियो र टुक्रा टुक्रामा
विभाजित गरियो ।

मेरी आमाको पेटको तल्लो
भागबाट केही भाग छुट्टिएर आयो
आमाले ऐआ भन्दै मुख विगारिन
मानौ उनको शरीरबाट मुटु नै
निस्कियो …….
यसरी मलाई निकालियो
मैले संसार छोडे, आखाँ चिम्ले
तनक्क खुट्टा ताने
सदाका लागी चिर निन्द्रामा
निदाउँदै नारी दिवस मनाए ।

––––––––––
आमा भन्नुहुन्छ म असाध्यै राम्री छु रे
यो रूप मेरा लागी अभिशाप रे
मैले राम्री हुन नपाउने रे
यसमा मेरो के दोष त
म जब जहा जान्छु
चोक, गल्ली, सडक, स्कुल
कलेज, वसपार्क अनि अस्पताल
आवश्यक पर्ने सबै ठाउँ
सबै सबैका आखाँ तानीन्छन मै तिर
कुदृष्टि, गिद्धिय दृष्टिको
सिकार भई रहन्छु एकनाश
सबै लम्कन्छन तानिन्छन मैतिर
अनि मेरो मुखै विग्रने गरी
तेजाव पनि पोखिन्छ अनुहारमा
त्यसपछि म विषप पनि हुन्छु
र पनि छोईन्छु चिमोटिन्छु छामिन्छु
अनि म पालै पालो
उधारीन्छु, चकनाचुर हुन्छु
पुरानो स्वीटर उधारे जस्तै
काँच फुटे जस्तै गरी
सहयोग पिडा, कुरुप अनुहार
लुटिएको अस्मिता अनि
टुक्रियका सपना बोकी
जसो तसो मनाउँदैछु नारी दिवस ।।

म पराइ घर जाने रे
अरूलाई नै आफ्नो बनाउनु रे
जन्मेको घर मेरो होइन रे
र म निकालीय आफ्नो गुँडवाट
टाढिय आफन्तवाट
त्यसपछि मैले दाइजो ल्याइन रे
म राम्री भइन रे, छोरो जन्माइन रे
लोग्ने टोके रे, विधवा रे
अलच्छिनी रे मलाई जन्माउने
बाबु आमा पनि खराब रे
मैले बाँच्ने अधिकार छैन
म माथि मट्टितेल खन्याइन्छ
आगो लगाई ढोका थुनिन्छ
छटपटिन्छु, चिच्याउछु दौडिन्छु
अन्तमा मुसा मरे झैँ
मेरो इहलिला सकिन्छ
मैले यसरी नै मनाए नारी दिवस ।।

म बुढी छु असक्त छु
मलाई भर चाहिन्छ
तातो ,न्यानो ,पोषिलो आहार चाहिन्छ
मैले छोरा ,छोरी ,नाति र नातिनी पाँय
पनाति र पनातिनी पनि पाँय
तर पनि म एक्लो छु
सबै घरभरी छन्
विडम्बना !! म अटिन
म फोहोरी ,गनाउनी ,नराम्री छु रे
मेरो कारण इज्तत जान्छ रे उनीहरूको
म टुलु टुलु हेरिरहन्छु मेरै नियती
जिर्ण भई भोग्दै छु कस्टकर दैनिकी
पर पर नजर डुलाउदै
बृद्धअाश्रम् को सानो झ्यालबाट
भोकै ,धर्मराउदै ,लर्खराउदै ,बर्बराउदै
सुगर ,प्रेसर ,दम र निमोनिया का
प्ले कार्ड ,ब्यानर र नारा सहित
सानो निर्जिब लौरोको साहारा
यसरि नै मनाउदै छु नारी दिवस !!!!!