अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०४ | Colorodo: 20:19

गीत

राधा रिजाल २०७३ चैत १४ गते १७:५२ मा प्रकाशित

सपनाहरू कैदी बनाइ रहरहरुलाई किन थुन्यौ !
विश्वासलाई बन्धक राखी अविश्वास किन चुन्यौ !!

तिम्रो सामु प्रस्ट थिए बिम्बभित्रका प्रतिबिम्बहरु !
थाहा छैन खै ? बजारका हल्लाहरु किन सुन्यौ !!
सपनाहरू कैदी बनाइ रहरहरु लाई किन थुन्यौ !!!

दृश्यहरू भित्र कति सुन्दर थिए परीदृश्यहरु !
फक्र्दैथे कोपिलाहरू शङ्काको मालामा किन उन्यौ!!
सपनाहरू बन्धक राखी रहरहरु लाई किन थुन्यौ !!!

दु:खको बादलले घेरीदा खुसीको घाम लागेकैथ्यो !
बिशालु तानमा मक्खियको संम्बन्ध किन बुन्यौ !!
निस्कपट मेरो छविलाई सिर्फ कपटले किन गुन्यौ!!!

सपनाहरू कैदी बनाइ रहरहरु लाई किन थुन्यौ !
विश्वासलाई बन्धक राखी अविश्वास किन चुन्यौ !!
* बाको, टेक्सस, अमेरिका