अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५१ | Colorodo: 11:06

काला गिद्धहरु

राधा रिजाल २०७३ मंसिर २९ गते २२:४४ मा प्रकाशित

ओहो ।। हेर, हेर दक्षिण भेगवाट एक हुल काला गिद्धहरुले नेपाली खुला आकाश तर्फ वेग वढाइरहेका छन् । कति भयानक, कति क्रुर यी…. कति धारिला नंग्रा, तिखो सुइरो जस्ता चुच्चो, दिउसै सूर्यको तेज छोपि अध्यारो पार्न सक्ने वाक्ला फराकिला पंख, पखेटा र अर्काको खुसी देख्न नसक्ने कुटिल दूरदर्शी आखाँहरु । ती आउँछन प्रतिकुल मौसमको रट लगाउँछन । त कहिले अनेकौ वाहान वनाउँछन ।

भन्छन् गिद्धका आँखा सधैँ सिनो मै अडिन्छन, सदैव सिनोकै खोजीमा भौतारिन्छन र सिनो मै रमाई जीवन जिउँछन । र त नराम्रा नजरहरुलाई गिद्धीय दृष्टि भनेको रे…. हैट ।। यी दक्षिणी गिद्धहरु त राष्ट्रियता, स्वाभीमानता र अखण्डतामै कु दृष्टि लगाउने पो परेछन । कहिले वन जङ्गल, नदी नाला कहिले धार्मिक स्थल, नितिनिर्माण त कहिले साम्प्रदायिकता, सङ्घीयता, गृहयुद्ध सबै सबैतिर गन्हाउने गिद्धीय नजर लगाइरहन्छन, मुख मिठयाइ रहन्छन । यी छदम भेषि काला गिद्धहरु । हडप, झडप त के कुरा भयो र उचाल्ने, पछा्रने, ठचा्रने सबै गर्दछन् । र हुङ्कार गर्दै अनौठो आवाजले कराउदै, पखेटा फटफटाउदै खुल्ला आकाशमा पंख फिजाउँछन र भन्छन्, “ हामी उडेको जति आकाश हाम्रो हो ।” यी आउछन आफ्नै हिसावले, र्फकन्छन आफ्नै ढङ्गले । विना रोकतोक, विना हिच्कीचावट….. जब यी गिद्धहरु आउँछन नेपाली भिरमा फक्रेका लाली गुँरासहरुले सुवास हराउँछन, वेलै नभै ओइलन्छन । राग, रस र पराग विना सुकिरहन्छन । अनि कोपिलाहरु फक्रन नपाई लाछिन्छन, भाचिन्छन चिमोटिन्छन र थिचिन्छन ।

अझ भनौ भने मोल मोलाइमा यी गुँरासहरुको जीवन पराइ भूमिमा साटिन्छ । हामी सधैँ चुप छौ या चुप वनाइएका छौ । यो सोचनिय छ । उनीहरूले आफूलाई शान्तिका दुत सेता परेवा भने, नेपाली हिमाली नौराङ्गी डाँफे भने अनि आफैलाई मिठो बोल्ने कोहिली र मैना माने । हामी चुप भयौं पत्याइरहयौ, हेरी रहयौ र वास्तविकतालाई देखेको नदेखे झैँ गरिरहयौ । बरु यिनै दक्षिणी हिन्दुस्तानी काला गिद्धहरुको संरक्षणमा लागीरहयौ । तिनलाई उचित खानपान, व्यवस्थापन र वासस्थानको जोहो गरिरहयौ ।

यी गिद्धहरु हरेक मिनेटमा चल्ला कोरन्छन अनि नेपाली भेगमा नेपाली माटोमा उडन सिकाउँछन । यी अचम्मका काला गिद्धका चल्लाहरु वेलै नभई उडेर नेपाली भूमिमा गुँड वनाउँछन अनि भन्छन् हामी डाँफेका चल्ला हौ हामीलाई पनि राष्ट्रिय चरो मान । हामी चुपचाप टाउँको हल्लाउछौ किनभने यी काला गिद्धहरुले वेला बखत देश बनाउने नाइकेहरुको खल्तीमा पैसा विस्टाइदिन्छन । छिः हाम्रो नियती हामी खल्ती थापिरहन्छौ टिपिरहन्छौ र भरिरहन्छौ । बदलामा हामी राष्ट्रियता दिन्छौ स्वाभिमान दिन्छौ नेपाली रगत वेच्छौ र मातृ भूमिको माटो सुम्पन्छौ । मात्र बाकी छ नेपाल आमाको इज्जत, कुनै दिन त्यही पनि दाउ लगाउँछौ त्यसमा कुनै शंकै छैन । यी गिद्धहरु देवादी देव महादेव पशुपतिनाथको मन्दिर भित्र रमाउँछन । हामी खुट्टा ढोग्न बाहिर परिसरमा लाम लाग्छौ । विरुप, वहुरंगी र्सवाङ्ग वस्त्र विहिन भई आउँछन कोही, हामी लिङ्ग ढोग्न पछि पर्दैनौ । कोही आउँछन टोकरीमा फलफुल र तरकारी सजाउदै हामी जिव्रो फडकारी स्वाद लिन व्यस्त हुन्छौ । हुन पनि किन नहुनु केमिकल र रंगहरुको स्वाद हाम्रो जिव्रोलाई मनपर्छ ।

कोही वाटोघाटो चोक गल्लिमा दोवाटे परिकार वेच्दै कब्जा जमाउछन । गुप्तचरी गरिरहन्छन । कहिले सिमानामा जङ्गे पिलर सार्छन, हामी तिनैलाई जङ्गवहादुर ठान्छम । कहिले नदी नालामा उल्टो बाध लगाई नेपाली बस्ती डुवाउँछन, हामी त्यसैलाई सहयोग मान्छम । के कुरा गर्नु खै यी छदम भेषि गिद्धहरुको, कोही जोगीको रूपमा आउँछन, कोही ढोङ्गीको रूपमा आउँछन, कोही मोदी मुर्खजीको रूपमा आउँछन, कोही पूजारी अनि ज्योतिषको रूपमा आउँछन, कोही देश बनाउने नाइके बनी संसद् भवन भित्र कुर्सी भाच्छन, कोही कामदेवको रूपमा आउँछन र कामयोग सिकाउँछन, कोही रामदेवको रूपमा आउँछन र रामयोग सिकाउँछन । हाम्रा नाइकेहरु यिनै सित कहिले लम्पसार पर्छन , उफ्रन्छन, हाँस्छन, रुन्छन राम लिला देखाउँछन । के सारो सुहाउँछ हो रामदेव सँग कुम हल्लाइ हाँसेको, फन्को मारी नाचेको । आफ्नै दारी कपाल तील चामल भएको रामदेवले जीवन भर कपाल कालो हुने योग सिकाउँछ । हामी निरन्तर दुई हातका नंग्रा घोटिरहन्छम । छया, हेर त हाम्रो अन्ध भक्क्ति, परजीवी चाल, भरौटे र पछौटे पन यिनले जे गरे पनि जसो गरे पनि सबै स्वीकार, सबै शिरोपर।

राष्ट्रियताका नारालाई गरिखाने भाँडो वनाएकाहरु देश समृद्ध बनाउन दिल्ली जान्छन । हामीमा आस पलाउँछ कता कता । खै, यी गिद्धहरु सँग के चाहिँ जादु मंन्त्र छ, कस्तो सिप छ कुन्नि हिप्नोटाइज (संमोहित) गर्न पनि कति जानेका । हाम्रा नाइकेहरु देश र्फकदा त इन्तु न चिन्तु भएर पो आउछन त । “कुकुरको पुच्छर ढुङ्ग्रोवाट झिक्दा उस्तै” ।

लौ अव चाहिँ राष्ट्रियता लुटाउन छोडौ । आफूसँग भएको वाडि आफू माग्न नवसौ । आफ्नो भाँडो रित्ताई अरूसँग मागेर कत्तिन जेल पो पुग्ला र । आखिर “मुतको न्यानो एकैछिन त हो नि” । यी काला गिद्धहरुको नकाव उतारी पखेटा काटौ । हामी अखण्डता माथि गिद्धिय नजर लगाउनेको आखाँ फुटाइदिउ । निरिह र सानो देखेर ढुङ्गन खोज्नेको चुच्चो भाचिदिउ । गुम्न लागेको हाम्रो नेपालीत्वको संरक्षण गरौँ ताकि कुनै दिन विश्वको मानचित्रमा नेपालको अस्तित्व मेटिएर हामी गुमनाम हुन नपरोस ।